Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

पर्साका प्रमुख राजनीतिक दलहरूको सहकार्यमा गणतन्त्र दिवस मनाउने तयारी

spot_img
spot_img

वीरगंज । पर्साका प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेका छन् । नेपाली कांग्रेसको रानिघाटस्थित पार्टी कार्यालयमा पार्टीका कार्यबाहक सभापति राम नारायण कुर्मीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्ताे निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तका अनुसार, गणतन्त्र दिवसको दिन साँझ ६:३० बजे माइस्थान मन्दिर अगाडि दीप प्रज्वलन गरी दिवस मनाइने छ । उनले पछिल्लो समय गणतन्त्रप्रति भइरहेको निरन्तर प्रहारको सन्दर्भमा संयुक्त कार्यक्रमको आयोजना हुँदै गर्दा आम जनमानसमा गणतन्त्रप्रति एक्यवद्धता र सकारात्मक सन्देश झनै बढ्ने अपेक्षा व्यक्त गरे ।

नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बाल गोपाल थापाले केही नेताहरू र राजनीतिक दलहरूप्रति आम जनतामा असन्तुष्टि देखिए पनि गणतान्त्रिक व्यवस्थाप्रति आम नेपाली जनताको गहिरो विश्वास रहेको बताए ।

नेकपा एमाले पर्साका सचिव महेश दासका अनुसार, उक्त दीप प्रज्वलन कार्यक्रममा पर्साका आम जनताको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...