Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंजमा मुख्य नालाको सफाइ अभियान तीव्र, अतिक्रमण हटाउने र दीर्घकालीन योजना बनाउने तयारी

spot_img
spot_img

वीरगंज । मनसुनको पूर्वसन्ध्यामा बाढीजन्य जोखिम न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका मुख्य तथा सहायक नालाहरूको सफाइ अभियानलाई तीव्र बनाएको छ । लामो समयदेखि अवरुद्ध रहेका नालाहरूको सरसफाइ र अतिक्रमण हटाउने कार्यलाई प्राथमिकता दिइएको महानगर स्रोतले जनाएको छ।

मंगलबार महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा वडा नं. ११ र १३ अन्तर्गत पर्ने मुख्य नालाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको थियो । टोलीले अल्पाइन स्कुल हुँदै श्रीपुर क्षेत्रसम्म फैलिएको नालाको अवस्थाको अध्ययन गरेको थियो ।

निरीक्षणमा नाला अतिक्रमणमा परेको, नियमित सफाइ नभएकाले पानीको निकास अवरुद्ध भएको र बाढीको समयमा जलजमावको समस्या देखिएको पाइएको छ । अनुगमनका क्रममा स्थानीय बासिन्दाले घरभित्रसम्म पानी पस्ने, दुर्गन्ध फैलिने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने समस्या सुनाएका थिए ।

स्थानीयको गुनासो सुनेपछि महानगर प्रमुख सिंहले तत्काल नाला सफाइ र अतिक्रमण हटाउने निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “स्थानीयको समस्या समाधानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइनेछ । दीर्घकालीन रूपमा फोहर व्यवस्थापन र नाला संरक्षणसम्बन्धी योजना पनि निर्माण गरिनेछ ।”

अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, वडा नं. १३ का अध्यक्ष हिरालाल गिरी, सरसफाइ प्रमुख सर्फुदिन अन्सारी, प्राविधिक सल्लाहकार प्रकाश अमात्यलगायतको उपस्थिति थियो ।

महानगरले आगामी दिनमा अन्य जोखिमयुक्त क्षेत्रहरूको पनि अनुगमन गर्दै तत्काल समाधान र पूर्वाधार सुधारमा जोड दिने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...