Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

विपी उद्यानको तरकारी बजार छपकैयामा सार्ने तयारी

spot_img
spot_img

वीरगंज । वर्षौंदेखि बीरगंजको घण्टाघर नजिकैको विपी उद्यानमा अनियमित रूपमा सञ्चालनमा रहेको तरकारी बजार अन्ततः व्यवस्थित रूपमा छपकैयास्थित सार्वजनिक जग्गामा स्थानान्तरण हुने भएको छ ।

वीरगंज महानगरपालिकाले स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, वडा नम्बर २ स्थित रेल्वे रोडसँग जोडिएको ३२ कठ्ठा सार्वजनिक जग्गामा नयाँ तरकारी बजार निर्माण गरिएको हो ।

बजारका लागि सटरसहितको सेड, शौचालय, वाउण्ड्री वाल जस्ता पूर्वाधारहरू महानगरकै बजेटमा निर्माण गरिएको छ । नवनिर्मित सेडलाई व्यवस्थापन गर्न छिट्टै टेण्डरमार्फत ठेक्कामा दिने तयारी भइरहेको र त्यसपछि विपी उद्यानमा रहेको बजारलाई पूर्ण रूपमा स्थानान्तरण गरिने प्रशासकीय अधिकृत कर्णले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...