Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

ठाकुरराम बहुमुखी क्याम्पसमा ६१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको कार्यक्रममा एक महिला सहित ६१ जनाले रक्तदान गरेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता अरविन्द गुप्ताको प्रमुख उपस्थितीमा सम्पन्न कार्यक्रममा ठाकुरराम क्याम्पसका प्रमुख रञ्जित प्रसाद यादव, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, प्राध्यापक संघका पूर्व सभापति प्रमोद कुशवाहा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, पूर्व स्ववियु सभापति वैकुण्ठ श्रीवास्तव, समाजसेवी प्रकाश उपाध्याय, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह लगायतको उपस्थिती रहेको थियो ।

वीरगंज क्षेत्रमा रगतको बढ्दो अभाव र रक्तसञ्चार केन्द्रको आग्रहलाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरिएको सभापति यादवले जानकारी गराए । “रक्तदान नै जीवनदान हो,” उनले भने, “यसले न्यानो मानवता र सामाजिक सहकार्यको भावनालाई बलियो बनाउँछ ।”

रक्तदान गर्नेहरुमा प्रीती पटेल, राहुल सिंह राजपुत, जय नेपाल चौरसिया, राजु पटेल, गुड्डु पटेल, सकलेन मुस्ताक, आलोक सिंह, रिकेश यादव, इम्तियाज हुसेन लगायत रहेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...