Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 311

कर्तव्य ज्यान मुद्दामा संलग्न पकहाँ मैनपुरका मियाँ पक्राउ

वीरगंज । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न एक जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पकहाँ मैनपुर गाउँपालिका वडा नं.४ बस्ने ४० बर्षिया समसोदिन मियाँ रहेका छन् ।

विशेष सूचनाको आधारमा असार २८ गते निज कै गाउँबाटमियाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए । 

उनका अनुसार २०७६।०६।१९ गते साँझ ५:०० बजेको समयमा पकहाँ मैनपुर गाउँपालिका वडा नं.४ धोविया टोल स्थित नसुरदिन मियाको घरमा सोरियम खातुनलाई कुटपिट गरी हत्या गरेको आराेपमा मुद्दा दर्ता भएकाे थियाे । साेही ज्यान सम्बन्धि कसुरमा फरार रहेकाे उनी लुकीछिपी बस्दै आएका थिए ।

पक्राउ परेका मियाँलाई ज्यान सम्बन्धी कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता भारतिले जानकारी दिए ।

खानेपानी मन्त्री यादव र एडिबीका कन्ट्री डाइरेक्टर अर्नाउडबीच भेटवार्ता

वीरगंज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । 

भेटवार्ताको क्रममा एडिबीका कन्ट्री डाइरेक्टर अर्नाउडले नेपालमा एडिबीले खानेपानीको क्षेत्रमा गर्दै आएका कामकारबाहीको जानकारी दिए । सोही अवसरमा एडिबीको सहयोग र सहकार्यमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम र परियोजनाहरूको बारेमा छलफल भयो ।

कन्ट्री डाइरेक्टर अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विशेष जानकारी मन्त्री यादवलाई दिए । मेलम्ची खानेपानी विकास समिति र एडिबीले लामो समयदेखि सहकार्य गर्दै आएको जानकारी गराउँदै अर्नाउडले मेलम्चीमा २०२१ मा आएको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलाई पुनः निर्माणका लागि स्थान परिवर्तन गरी पानी वितरण सहज बनाउन सहयोग गर्ने बताए ।

भेटवार्ताका क्रममा नेपालका खानेपानी परियोजनाहरूको दीर्घकालीन प्रभाव, सफल कार्यान्वयन र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाबारे पनि विस्तृत छलफल भयो । मन्त्री यादवले नेपाल सरकार र एडिबीबिचको थप सहकार्यले खानेपानीको पहुँच सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

मन्त्री यादवले मन्त्रालयले एडिबीलाई आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउँदै मन्त्रालय र एडिबीबाट भइरहेका कामकारबाहीको नियमित रिपोर्ट पेस गर्नु पर्ने आवश्यक रहेको बताए । मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलमा २०२१ मा आएको बाढीले बगाएको हेडवर्क्सलाई पुनः निर्माण गर्न जुनसुकै निकायमा जान तयार रहेको पनि उनले बताए ।

मन्त्री यादवले याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउनका लागि सञ्चालन भएको परियोजनालाई आफ्नो कार्यकालमा सफल पार्ने प्रयास गर्ने बताए । साथै, मेलम्ची खानेपानी आयोजनाको अर्थ मन्त्रालयमा रोकिएको फायललाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीसँग सल्लाह गरी अगाडि बढाउने बताए ।

मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको पानी १२ महिना काठमाडौँमा ल्याउन युद्ध स्तरमा काम गर्न निर्देशन पनि दिए । एडिबीले नेपालमा खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको प्रशंसा गर्दै मन्त्री यादवले धन्यवाद व्यक्त गरे । 

कन्ट्री डाइरेक्टर अर्नाउड सहित एडिबीको प्रतिनिधि टोली बुधबार मन्त्रालयमा शिष्टाचार भेटघाटका लागि आइपुगेको थियो । एडिबीले खानेपानी मन्त्रालय सहित अन्य विभिन्न मन्त्रालयसँग सहकार्यमा विगत २० वर्षदेखि नेपालमा विभिन्न विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

वीरगंज । वीरगंजमा करेन्ट लागेर एक जना विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २५ निवासी रामबाबु चौधरी मलाहाको करेन्ट लागेर मृत्यु भएको हो ।

वीरगंज महानगरपालिका वडा नम्बर १२ को वडा कार्यालय नजिकै विद्युतीय पोलमा चढेर मर्मतको काम गर्दैगर्दा अचानक करेन्ट लागेर मलाहा पोलबाट लडेर घाइते भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङ्गले जानकारी दिए ।

उनकाअनुसार मलाहाको उपचारको क्रममा गण्डकस्थित वयोद्या मेडिसिटी हस्पिटलमा निधन भएको हो । मुचुल्काको काम सकेर शवलाई नारायणी अस्पतालमा सनाखतका लागि पठाउने तयारी भइरहेको उनले बताए । 

भलुहीमा भएकाे बस दुर्घटनामा १७ जना घाइते

वीरगंज । बाराकाे जितपुर सिमरा उप-महानगरपालिका वडा नं.२३ भलुही स्थित नोबेल स्टाईल प्रा.लि. अगाडी मंगलबार विहान भएकाे बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।

भैरहवादेखि वीरगंज तर्फ आउँदै गरेको ना ७ ख ६०७६  नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा सवार २२ जना यात्रुहरु मध्ये १७ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) दधिराम न्याैपानेले जानकारी दिए ।

घाईतेहरुलाई उपचारका लागी बयोधा अस्पताल, वीरगंजमा पठाइएको र बस चालक चितवनकाे राप्ती नगरपालिका वडा नं.०६ भण्डारा बस्ने बर्ष ३० का सागर न्यौपानेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको डिएसपी न्याैपानेले वताए । घाइतेहरु मध्ये ३ जनाकाे अवस्था गम्भिर, ७ जना अवस्था मध्यम र ७ जना अवस्था सामन्य गरेकाे बयाेधा अस्पतालले जनाएकाे छ ।

घाईतेहरूको विवरण

  1. जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं.७ बस्ने अ.बर्ष ३३ को शंकर गुरूङको टाउकोमा चोट ।(अवस्था गम्भिर)
  2. हाल नाम थर वतन नखुलेको अ.बर्ष २४ को पुरूष ब्यक्तीको अनुहारमा चोट ।(अवस्था गम्भिर)
  3. जिल्ला बारा, कलैया उ.म.न.पा.वडा नं. १८ मोतिसर बस्ने अ.बर्ष २१ को कन्हैया गुप्ताको कान,अनुहार,शरिरमा चोट ।(अबस्था गम्भिर)
  4. जिल्ला चितवन, कालिका गा.पा. वडा नं. ५ बस्ने  अ.बर्ष ५५ को तिलक भट्टाराईको अनहार र छातिमा चोट ।(अवस्था मध्यम)
  5. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ.बर्ष ३५ को सागर गोलेको अनुहारमा चोट ।(अवस्था मध्यम)
  6. ऐ.ऐ.०४ बस्ने अ.बर्ष ३० को अमिर थापाको कानमा चोट ।(अवस्था मध्यम)
  7. जिल्ला पर्सा, बिरगंज म.न.पा. वडा नं. ५  बस्ने अ.बर्ष ५० को दिपेन्द्र  कुमार गुप्ताको पाखुरा र कन्चटमा चोट।(अबस्था मध्यम)
  8. ऐ.ऐ.१५ बस्ने अ.बर्ष ४२ को बिक्रम राना मगरको हात र गालामा चोट ।(अवस्था मध्यम)
  9. जिल्ला बारा, गढीमाई न.पा. वडा नं. ५ बस्ने अ.बर्ष १८ को सर्वजित रामको छाती र कमरमा चोट ।(अवस्था मध्यम)
  10. देश भारत, रक्सौल बस्ने अ.बर्ष १८ को साहिद अंसारीको निधारमा चोट ।(अवस्था मध्यम)
  11. जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं.३ बस्ने अ.बर्ष ३३ की जानुका ढुङगानाको हातमा चोट ।(अवस्था सामान्य)
  12. .जिल्ला मकवानपुर, हेटौडा उप-महानगरपालिका वडा नं. ०९ बस्ने अ.बर्ष ५३ की गौरी श्रेष्ठको अनुहारमा चोट ।(अवस्था सामान्य)
  13. जिल्ला पर्सा, बिरगंज म.न.पा. वडा नं. ६ माई स्थान बस्ने अ.बर्ष  १८ को स्वयव अंसारीको कन्चटमा चोट ।(अवस्था सामान्य)
  14. मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ.बर्ष २५ को सुमन लामा को कानमा चोट ।(अवस्था सामान्य)
  15. जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ८ बस्ने अ.बर्ष ३९ की सरस्वती काफले अनुहार चोट ।(अवस्था सामान्य)
  16. बस सह-चालक जिल्ला पर्सा ठोरी गा.पा.२ चन्द्र बहादुरको छोरा अ.बर्ष २१ रुपेश तामाङको सामान्य चोट । (स्थानिय मेडिकलमा उपचार भई रहेको)
  17. बसको कन्टेकटर जिल्ला, चितवन कालिका न.पा. वडा नं. १० बस्ने सुम बमजमको छोरा अ.बर्ष २८ को राकेन्द्र बमजमको हातमा चोट अवस्था सामान्य । (स्थानिय मेडिकलमा उपचार भईरहेको)

नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियाे

रौतहट । रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव १८ घन्टाको खोजीपछि भेटिएको छ । जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट बागमती नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका १० वर्षीय बालकको शव मंगलबार विहान भेटिएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ घन्टा पश्चात घटनास्थल बाट साढे तीन किलोमिटर टाढा बालकको शव बरामद गरेको हो ।

गढीमाई ३ लक्षमिपुरका हकुदिन कवाडीको १० वर्षीय छोरा सफर कवाडी अन्य दुईजना साथी सहित सोमवार दिउसो १ बजे गाउँछेउको बागमती नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेका थिए ।

घटनाको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर दुईजना बालकको उद्धार गरेपनि १० वर्षीय सफर कवाडी भने डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वाबाट विपद तथा उद्धार सामग्री सहित गएका ३० जनाको टोली, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले लगातारको खानतलास पछि मंगलबार बिहान साढे ७ बजे घटनास्थल लक्ष्मीपुरदेखि साढे तीन किलोमिटर टाढा गढीमाई ७ धरमपुर गाउँ छेउ बागमती नदीको किनारमा बेपत्ता बालक सफर कवाडीको शव बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए ।

आइसिपी राेडबाट सवारी करकाे ढाट हटाउन माग

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाैं स्थित आइसिपी राेडबाट सवारी करकाे ढाट हटाउन वडाध्यक्ष संजु छतकुलीले माग गरेका छन् ।

वडाध्यक्ष छतकुलीले मंगलबार आइसिपी राेड मै पत्रकार सम्मेलन गर्दै नियम विपरित नाेभा ट्रेडिङ्ग वीरगंजले आइसिपी राेडमा विभिन्न किसिमका ठुला सवारी साधानहरुबाट पटके सवारी कर उठाइरहेकाे भन्दै त्यहाँ नउठाउन माग गरेका हुन् ।

उनका अनुसार आइसिपी राेडमा बस, ट्रक लगायतका हेभी गाडीबाट सवारी कर उठाउँदा दुर्घटना बढेकाे छ । आइसिपीबाट निस्कने ठुलाे संख्यामा हेभी गाडीहरु त्यहाँ राेकेर ठेक्दारले वीरगंज महानगरपालिकाकाे पटके सवारी कर उठाउँदा दुर्घटना हुने गरेकाे हाे ।

वडाध्यक्ष छतकुलीले सवारी कर उठाउन ठेक्दारले त्यहाँ राखेकाे गुमटी हटाउन आजै आफुले जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिने पत्रकार सम्मेलनमा जानकारी गराए । सवारी कर उठाउने नै भए आइसिपी राेडबाट अरु ठाउँमा गएर उठाउन उनकाे माग छ ।

यता नाेभा ट्रेडिङ्गले भारतिय नम्बरकाे हेभी सवारी साधनबाट वीरगंज महानगरपालिकाले ताेकेकाे शुल्क भन्दा बढी कर उठाइरहेकाे सवारी चालकहरुले गुनासाे गरेका छन् । पत्रकार सम्मेलन कै क्रममा भेटिएका हेभी गाडीका सवारी चालकहरुले ठेक्दारले दुबै तर्फबाट सवारी करकाे नाममा रकम असुल्ने गरेकाे र कहिले काँही रसिद दिएकाे भन्दा पनि बढी रकम लिने गरेकाे वताएका हुन् ।

नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित खानेपानी मन्त्री यादवकाे पहिलाे प्राथमिकता

वीरगंज । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले साेमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्नुअघि शीतल निवासमा आयोजित समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

पदभार ग्रहण गरेपछि मन्त्री यादवले मन्त्रालयका सचिव स्तरीय निर्णयअनुसार ७ सदस्यीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिको प्रतिवेदनलाई मन्त्रिपरिषदमा स्वीकृतिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेका छन्।

पदभार ग्रहण गर्दै मन्त्री यादवले आफ्नो प्राथमिकता सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु रहेको बताए । उनले भने, “आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई सुधार गर्ने र मन्त्रालयका सम्पूर्ण काम कारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउन म प्रतिबद्ध छु।”

उनले स्थानीय तहहरूसँग सहकार्य गर्दै खानेपानी व्यवस्थापनमा सक्रिय सहभागिता सुनिश्चित गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले आफूलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिएर विश्वास गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गर्दै भने, “यस महत्त्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी रूपमा सम्पादन गर्न तपाईँको मार्गदर्शन र समर्थनले सम्पूर्ण प्रयास गर्ने वाचा गर्दछु।”

यादवले जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई लगायत पार्टीका सबै पदाधिकारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै भने, “तपाईँहरूको नेतृत्व र प्रेरणाले मलाई अझ बढी समर्पित र उत्साहित बनाएको छ।”

आफ्नो निर्वाचन क्षेत्र पर्सा – १ का सम्पूर्ण जनता, परिवारका सदस्यहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै उनले भने, “तपाईँहरूको समर्थन र विश्वासले नै आज म यो स्थानमा पुगेको छु।” यस अघिकाे मन्त्रीपरिषदमा यादव से्वास्थ्यमन्त्री थिए ।

वीरगंजमा नागरिक सुनुवाई कार्यक्रम : नागरिकमैत्री सेवा प्रवाह गर्ने एसपी ढुंगेलकाे प्रतिबद्धता

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा आइतबार वीरगंजमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित होटल क्लासिक ब्याङ्क्वैटमा भएकाे कार्यक्रमका सहभागिहरुले अझै पनि केही प्रहरीहरुकाे आचरण सुधार गर्न जरुरी रहेकाे वताए ।

नागरिक सुनुवाई कार्यक्रममा वाेल्ने वक्ताहरुले केही प्रहरीका कारण पुरै प्रहरीहरु बदनाम भइरहेकाे गलत गर्ने प्रहरीहरुलाई कारवाही गर्नु पर्ने माग गरे । जिल्ला प्रहरी कार्यालयमा पहिला भन्दा अहिले केही सुधार भएकाे वताउँदै सराेकारवालाहरुले अझै सुधार गर्न जरुरी रहेकाे वताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कुमाेद ढुंगेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यक्रममा महिलासँगै दलित तथा अन्य समुदायको सहभागितालाई समावेशीमुलक बनाउन आग्रह गरे ।

वीरगंज महानगरपालिकाले आफ्नो दायित्व निर्वाह गरीरहेको दाबी गर्दै उनले सेवा प्रवाहका मामिलामा कुनै सम्झौता नगर्न पनि सरोकारवालालाई सचेत गराए । 

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नागरिक मैत्री सेवा नै प्रशासनको प्राथमिकतामा रहेको बताए । प्रहरी र प्रशासनको सहकार्य र समन्वयमा मुद्दा मामिला तथा उजुरीको छिनोफानो हुने गरेको उनले जानकारी गराए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले राजस्व चुहावटको क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियपूर्वक काम गरीरहेको बताए । सशस्त्र प्रहरी र नेपाल प्रहरी बीचको समन्वयात्मक भूमिकामा भन्सार छली तथा चोरी पैठारी जन्य कार्यमा नियन्त्रण भएको उनको दाबी थियाे । 

नागरिकका समस्या तथा प्रहरीप्रतिको बुझाई बारे स्पष्ट हुन नागरिक सुनुवाई कार्यक्रमको आयोजा गरिएको एसपी ढुंगेलले बताए । नागरिकबाट आएका विभिन्न गुनासोको सम्बोधन गर्दै प्रहरी उपरीक्षक ढुंगेलले नागरिकमैत्री सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता जनाए । प्रहरीका बारेमा सेवाग्राहीको धारणा बुझ्ने र यसबाट भाबी रणनीति र योजना तय गरी अघि बढ्ने उनको भनाई छ । 

सीमित स्रोत साधन तथा अन्य कारणले गर्दा प्रहरीको कामकारवाही प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने बताए । क्यासिनोको विषयमा आएको जिज्ञासाका बारेमा बोल्दै उनले भारतीय आधार कार्ड तथा रासन कार्ड प्रयोग गरेर क्यासिनो जाने गरेको हुँदा समस्या भएको बताए ।

यद्यपी प्रहरीले यस विषयलाई गम्भिरपूर्वक लिएको पनि उनको भनाई छ । अपराध अनुसन्धान तथा शान्ती सुव्यवस्था कायम गर्नका लागि नागरिक र प्रहरीले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

सो अवसरमा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली, राष्ट्रिय अनुसन्धानको प्रमुख उप निर्देशक दिलिप कुमार सिंह, वीरगंज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश अग्रवाल, रेडियाे वीरगंज, टिभि वीरगंज एंव मधेशदृष्टिका अध्यक्ष ध्रुब साह, पत्रकार राम सर्राफ, विजय चाैहान, निखिल पासवान, कमल चाैलागाई, राधा शर्मा लगायतले मन्तव्य राखेका थिए ।  

कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक नीता थापाले गरेकी थिइन् । 

पहिराेले बगाएकाे बसमा बहुदरमाईका दुई विद्यार्थी पनि वेपता

वीरगंज ।  चितवनकाे भरतपुर महानगरपालिका वडा नं. २९ स्थित नारायगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिराेले बगाएकाे बसमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका दुई विद्यार्थी पनि वेपता भएका छन् ।

वीरगंजबाट काठमाडाैं जाँदै गरेकाे एन्जल डिलक्स बस शुक्रबार बिहान करिब साढे ३ बजेकाे समयमा लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएकाे छ । साेही बसमा सवार रामनगरीका साेनालाल यादवकाे छाेरा २० बर्षिया ओउम् हरि यादव र साेही ठाउँ निवासी जयनारायण साह तेलीकाे छाेरा १६ बर्षिय सुजित साह पनि बेपता भएका हुन् ।

लाेक सेवा तयारीकाे लागि काठमाडाैं जाँदै गरेका दुबै जना पहिराेले बगाएकाे बसमा सवार रहेकाे स्थानियहरुले वताएका छन् । पहिलाेले बगाएकाे बसमा सवार गाउँका दुई विद्यार्थी वेपता भएकाे खबरले गाउँ नै शाेकमा डुबेकाे स्थानिय अरबिन्द साहले वताए ।

पहिराेले त्रिशुली नदीमा बगाएकाे बसकाे शुक्रबार खोजी कार्य गरिएपनि फेला पर्न सकेकाे थिएन । शनिबार विहान देखि सशस्त्र प्रहरीले सोनार क्यामेर, वाटर ड्रोन प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ । शनिबार बिहान पानीको वहाब पनि कम भएकाले खोजी कार्य प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।  

वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस पहिराेमा परि त्रिशूली नदीमा खसेको थियो । दुबै बसमा सवार ४८ यात्रु हराइरहेका छन् ।

प्रिन्सपल्स एशोसियसनको वीरगंज नगर समिती गठन

वीरगंज । प्रिन्सिपल्स एशोसियसन अफ नेपालकाे वीरगंज नगर कार्यसमिति गठन भएकाे छ । त्रिजुद्ध मा.वि.बिरगंजका प्रधानाध्यापक नवीन कुमार मिश्रको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको हो ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा दयाकान्त झा, सचिवमा राजा राम साह, कोषाध्यक्षमा कबिता फुयाल, सदस्यहरुमा उमेश कुमार मिश्रा, कुरेश राउत गदी, राजु माली, नसिमा प्रवीण, रामबलक चौरसिया, राम रेखा राय लगायतका सर्वसहमत चयन भएका छन् ।

नव गठित नगर समितीका पदाधिकारीहरुलाई शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले अबिरकाे टीका र खादा लगाई स्वागत शुभकामना दिएका थिए ।

प्यान पर्साका अध्यक्ष बिनोद मेहताको अध्यक्षता तथा महानगरपालिकाकाे शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्यान मधेश प्रदेश समिती सदस्य राज कुमार सिंह, प्याबसन नगर अध्यक्ष आलोक चौरसिया, एन प्याब्सन प्रतिनिधि संतोष गुप्ता, हिस्टुन पर्साका सचिव शनि दुबे लगायत महानगरपालिका विभिन्न मा.वि.र आ.वि. का प्रधानाध्यापकहरुकाे उपस्थिति रहेको थियो ।