Date
शुक्र, असार २६, २०८३
Fri, July 10, 2026

गाउँपालिकाको भवन पुरानो आर्मी ब्यारेककै जग्गामा निर्माण हुन्छ : अध्यक्ष यादव

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष जसवन्त यादवले कृषि,शिक्षा र स्वास्थ्यसंगसंगै सडक,नाला लगायतका भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

सृजनाशील महिला सिप विकास केन्द्रको समन्वयमा सखुवा प्रसौननी गाँउपालिकाकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकका प्रश्नहरुको जवाफ दिने क्रममा गाँउपालिका अध्यक्ष यादवले यस्तो बताएका हुन् । अध्ध्यक्ष यादवले केन्द्र र प्रदेश सरकारबाट सिमित बजेट र स्रोत साधन आउँदाका बाबजुदपनि पालिकाले जनताको आवश्यकता र चाहनालाई प्राथमिकतामा राखेर विभिन्न विकास निर्माणका कामहरु गरिरहेको जिकिर गरे ।

अध्यक्ष यादवले चालु आर्थिक वर्षमा गाँउपालिकामा भएका विभिन्न योजना र त्यसबाट प्राप्त उपलब्धिहरु बरे सविस्तार जानकारप्नि गराए । आँफु अघिको नेतृत्त्वले आफ्नो कार्यकालमा गरेको काम र आँफु नेतृत्वमा आएपछिको तीन वर्षे कार्यकालमा भएका कामको मुल्यांकन जनताले गरिरहेको भन्दै यादवले भने,‘ म आउनुभन्दा पहिले पालिकामा के कति विकास निर्माणको काम भयो ? अनि म आएपछि के कति विकासको काम भएको छ ? जनताले देखिरहेका छन् ।’

गाँउपालिकाको प्रशासनिक भवन कुनै व्याक्ति वा पूर्व जनप्रतिनिधीको जग्गामा कुनैपनि हालतममा बन्न नदिने भन्दै अध्यक्ष यादवले भने,‘ भवनकै विषयलाई लिएर अहिलेपनि मैले दुई वटा मुद्धा खेपिरहेको छु । तर ठोकुवानका साथ भन्छु गाँउपालिकाको भवन पूरानो आर्मी ब्यारेककै जग्गामा बन्छ ।कुनै व्याक्ति वा पूर्व जनप्रतिनिधीको जग्गामा म बन्न दिन्न ।’

पूरानो आर्मी ब्यारेकको जग्गामा निर्माणधिन गाँउपालिकाको प्रशासनिक भवन आफ्नो यहि कार्यकालमा सकाएर सञ्चालनमा ल्याउने दाबी उनले गरे । अध्यक्ष यादवले गाँउपालिकाको बजेट वा स्रोत साधनको दुरुपयोग वा अनियमितता हुन नदिने दाबीपनि गरे । उनले भने,‘ कहि कतै दुरुपयोग वा अनियमितता भएको छ भने प्रमाणसहित मकहाँ आउनु होला, त्यसमा संलग्न जनप्रतिनिधि वा कर्मचारी जो भएपनि कारबाहीको दायरामा आउँछ ।’

कार्यक्रममा केहि व्याक्तिहरुले आफ्नो असन्तुष्टि जनाएपछि अध्यक्ष यादवले उनिहरुप्रति लक्षित गर्दै विकास निर्माणको सवालमा राजननीति नगर्न आग्रपनि गरे । उनले भने,‘ हामी राजनीति गर्ने नेताहरुपनि हौं । हाम्राबीच राजनीतिक मतभेद छ । त्यसका लागि बहश गर्ने अन्य प्लेटफर्मपनि छन् । यदि गाँउपालिकासंग जोडिएका तपाईहरुका केहि असन्तुष्टि ,प्रश्न छन् भने यहि कार्यक्रममा राख्नुहोस् त्यसको तथ्यपूर्ण जवाफ दिन म तयार छु । तर कार्यक्रममा भाँडभैलो हुने गरी अराजक शैलीमा प्रस्तुत नहुनुसे आग्रह छ ।’

दीपनारायण आदर्श माध्यमिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा सहभागीहरुले विद्यालयका दिवास खाजा, इन्धन, गाँउपालिकामा भएको खानानास्ता इत्यादिमा भएको खर्चबारे राखेको प्रश्नको जवाफ दिदैं प्रमुख प्रशासकिय अधिकृत रामबाबु कुशवाहाले जवाफ दिएका थिए ।

गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षता तथा उपाध्यक्ष शर्मिला विष्ट र प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्षहरु बासुदेव महतो, चिरञ्जीवी महतो थारु, मोजामिल मियाँ अन्सारी, असेश्वर प्रसाद यादव, गाँउकार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरु, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय नागरिक, कर्मचारी,सञ्चारकर्मी लगायतकाको सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कालिकामाईमा कर्मचारी आन्दोलन जारी, शुक्रबारदेखि विद्यालय र स्वास्थ्य सेवा सञ्चालन हुने

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीले तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्...

जेठकाे तलब पठाउने सहमतिपछि वीरगंज महानगरका कर्मचारीको आन्दोलन स्थगित

वीरगंज । बाँकी रहेको दुई महिनाकाे तलब भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका वीरगंज महानगरपालिकाका कर्मचारीले एक महिनाको तलब तत्काल उपलब्ध गराउने सहमतिपछि आफ्नो आन्दोलन...

पोखरिया नगरपालिकाका दुई कर्मचारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष...