Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

न्यायाधीश थारुका पिएसओ असई साहमाथि पनि छानबिन

spot_img
spot_img

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीराम थारूका तत्कालीन व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) प्रहरी सहायक निरीक्षक (असई) मुन्ना साहमाथि पर्सा प्रहरीले छानबिन सुरु गरेको छ।

प्रहरी स्रोतका अनुसार असई साहलाई जिल्ला प्रहरी कार्यालय पर्सा तानेर औपचारिक छानबिन प्रक्रिया अगाडि बढाइएको हो। उनलाई छानबिनका लागि केन्द्रबाट पत्र प्राप्त भएपछि प्रक्रिया अघि बढाइएको जनाइएको छ। दोष पुष्टि भएमा विभागीय कारबाहीको सिफारिस गरिने प्रहरी स्रोतले जनाएको छ।

गत २९ वैशाखमा नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारूमाथि मोसो प्रहार गरेका थिए। सोही समयमा पिएसओ साह छुट्टीमा रहेकाले सुरक्षाको अभाव भएको आरोप लागेको थियो।

उक्त दिन न्यायाधीश थारू इजलासमा प्रवेश गरेपछि असई साह छुट्टी लिएर बाहिर निस्किएका थिए, जुन समयमा मोसो प्रहारको घटना भएको थियो।

न्यायाधीश थारू उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा एक्ला न्यायाधीश थिए, जसको सुरक्षार्थ असई स्तरका पिएसओ तोकिएका थिए। अन्य न्यायाधीशहरूका पिएसओमा प्रहरी जवान वा हवल्दार तोकिएका छन्।

थारू नेतृत्वको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला सुनाएको थियो। उक्त फैसलापछि न्यायालयमा सुरक्षा चुनौती थपिएको र पिएसओको भूमिकाप्रति प्रश्न उठेको बताइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...