Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 310

बाराका डिएसपी न्यौपानेको काज सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेको शुक्रबार काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डिएसपी न्यौपानेलाई प्रहरी शिक्षालय काठमाडौमा काज सरुवा गरेको हो ।

प्रहरी स्रोतअनुसार बारा बस्दा प्रहरी डिएसपी न्यौपानौले जिल्लाका विभिन्न प्रहरी बिटका ईन्चार्जहरु सङ्ग महिनवरी लिने र जिल्लामा छलफल गर्न आउने पिडक र पीडितलाई छुट्टाछुट्टै आफ्नोे कर्यकक्षमा बोलाएर बार्गेनिङ गरी टुङ्गो लगाउदै आएका थिए ।

सोहि कारण ७७ वाटै जिल्ला मध्ये एक मात्र जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी न्यौपानेको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले डिएसपी न्यौपानेको सरुवा शिक्षालयमा काज सरुवा गरेको पुष्टि गरेको छ । न्यौपानेको ठाउँ बारामा कुन डिएसपी आउने भने टुंगो नलागेको प्रहरी उपरीक्षक खड्काले बताए ।

एनवाइईएफ वीरगंजले जित्यो उत्कृष्ट च्याप्टरको अवार्ड

वीरगंज । नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले च्याप्टर उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको छ । काठमाडौँमा भएको नेपाल युवा उद्यमी मञ्चको २० औँ साधारण सभाको अवसरमा वीरगंज च्याप्टरले उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको हो । 

कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र एनवाइईएफ एनजीसीकी अध्यक्ष सहारा जोशीले वीरगंज च्याप्टरका निवर्तमान अध्यक्ष सन्दीप अग्रवाल लगायतलाई सामूहिक रूपमा अवार्ड प्रदान गरेका थिए । वीरगंज च्याप्टरले यसअघि पनि विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको छ । 

उत्कृष्ट अवार्ड प्राप्त गरेपछि वीरगंज च्याप्टरका निवर्तमान अध्यक्ष अग्रवालले आयोजकप्रति आभार प्रकट गरेका छन् । वीरगंज च्याप्टरले गरेका काम र गतिविधिको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको हुँदा यसले आगामी दिनमा अझै सक्रिय भएर काम गर्ने हौसला मिलेको उनले बताए । 

एनवाइईएफ वीरगंज च्याप्टरका सम्पूर्ण टोलीको मेहनत, समर्पण र सहकार्यको भावनाको परिणाम स्वरूप अवार्ड प्राप्त भएको उनको बुझाई छ । औद्योगिक एवम् आर्थिक नगरी वीरगंज उद्यमशीलताको प्रवर्द्धन गर्न र युवालाई उद्यममा प्रेरित गर्ने कार्यमा सक्रिय पूर्वक काम गरिरहेको पनि उनले दाबी गरे । 

वीरगंज च्याप्टरसँगै काठमाडौँ च्याप्टरले पनि उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको छ ।

पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित तिनै सांसदहरु मन्त्री

वीरगंज । पर्साकाे एक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित तिन वटै सांसदहरु एकै पटक मन्त्री भएका छन् । पर्साकाे क्षेत्र नं. ३ बाट निर्वाचित संघ र प्रदेशका तिन वटै सांसदहरु मन्त्री भएका हुन् ।

केही दिन पहिला मात्र बनेकाे केपी शर्मा ओली नेतृत्वकाे संघिय सरकारमा संघिय क्षेत्र नं. ३ बाट निर्वाचित राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् । उनी एमालेबाट प्रत्यक्ष निर्वाचित संघिय सांसद हुन् ।

त्यसैगरी क्षेत्र नं. ३ कै २ बाट निर्वाचित जनार्दन सिंह क्षेत्री प्रदेश सरकारमा भूमी व्यावस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् । उनी कांग्रेसबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।

यस अघि नै क्षेत्र नं. ३ कै १ बाट निर्वाचित प्रमाेद कुमार जयसवाल प्रदेश सरकारकाे खेलकुद तथा समाज कल्याण मन्त्री भएका छन् । उनी स्वतन्त्र निर्वाचित भएपनि पछि एमाले प्रबेश गरेर मन्त्री भएका थिए । त्यस अघि पनि एमाले र माओवादी गठबन्धकाे प्रदेश सरकारमा जयसवाल शिक्षा तथा संस्कृति मन्त्री थिए ।

यसैगरी पर्सा कै अन्य दुई क्षेत्रबाट निर्वाचित संघिय सांसदहरु पनि मन्त्री भएका छन् । ओली नेतृत्वकाे संघीय सरकारमा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदीप यादव खानेपानी मन्त्री र क्षेत्र नं. २ बाट निर्वाचित अजय चौरसिया कानून न्याय तथा संसदीय मामिला मन्त्री छन् । 

संघ र प्रदेश सरकारमा यस पाली पर्साबाट एकै पटक पांच जना मन्त्री बनेका छन् । पांच जना एकै पटक मन्त्री भएपछि अब जिल्लाकाे विकास हुने जिल्लाबासीलाई आश जागेकाे छ । संघ र प्रदेश सरकारमा जिल्लाका सांसदहरुले राम्राे अवसर पाएका हुन् । 

यस अघि संघिय सरकार पर्सा कै क्षेत्र नं. ४ बाट निर्वाचित रमेश रिजाल पनि मन्त्री भएका थिए । कांग्रेस र माओवादी गठबन्धन बनेकाे प्रचण्ड नेतृत्वकाे सरकारमा कांग्रेसबाट निर्वाचित रिजाल उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री बनेका थिए ।  

सबै मिलेर काम गरे मेलम्ची आयोजना सफल हुन्छ : मन्त्री यादव

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप-आयोजना – २ को ब्रिफिङ लिनुभएको छ ।

ब्रिफिङका क्रममा मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाहरूको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमहरूको बारेमा जानकारी लिनुभएको थियो । उहाँले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्य प्रवाहलाई बुझ्दै जनताको गुनासोलाई ध्यानमा राखेर मन्त्रालयका कर्मचारीहरूसँग मिलेर काम गरिरहेको बताउनुभयो ।

उहाँले परियोजनाहरूको विस्तृत जानकारी लिनुहुँदै मेलम्ची खानेपानी आयोजनाको सम्बन्धमा जनतामा रहेको निराशालाई आशामा बदल्न मेलम्चीको पानी वितरणलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘हामीले काम मार्फत गलत धारणा चिर्नु पर्छ र जनतालाई मेलम्चीको पानी वर्षभरि कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ,’ मन्त्री यादवले भन्नुभयो । उहाँले स्थानीय सरकारसँगको समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौँ महानगरपालिकाको सहयोगका लागि त्यहाँका प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा छलफल गरेको उल्लेख गर्नुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विषयमा आएका गुनासोको जानकारी लिएर प्रधानमन्त्रीसँग छलफल गर्ने तयारीमा रहेको र कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । ‘म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो,’ उहाँले भन्नुभयो ।

मन्त्री यादवले सबै मिलेर काम गर्दा मात्र मेलम्ची आयोजना सफल पार्न सकिने विश्वास व्यक्त गर्नुभयो । ‘मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौँका बासिन्दालाई खानेपानी पुर्‍याएर देखाउनु पर्छ,’ मन्त्री यादवले भन्नुभयो ।

पर्साका क्षेत्री सहित कांग्रेसका ४ र लाेसपाका एक मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेस सरकारमा नेपाली कांग्रेस र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मन्त्रीहरुले शपथ लिएका छन् । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

शपथ लिनेमा नेपाली कांग्रेसबाट अर्थ मन्त्रीमा रौतहटका सुनिल यादव, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा पर्साका जनार्दन सिंह क्षेत्री, ऊर्जा सिँचाई तथा खानेपानीमन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायातमन्त्रीमा सर्लाहीका कौशल किशोर राय रहेका छन् ।

 लाेसपाबाट रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिइन् । तिवारी लाेसपाकी प्रमुख सचेतक समेत हुन् । पांचै जनालाई प्रदेश प्रमुख भण्डारीले पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन् । साे अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री  सतिश सिंह सहितकाकाे उपस्थिती रहेकाे थियाे ।

शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

लायन्स क्लबद्वारा छात्रावासमा खाना खुवाउने कार्यक्रम सम्पन्न

वीरगंज । लायन्स क्लब वीरगंज मेट्रो सिटिले आफ्नो पहिलो कार्यक्रम सेवामा समर्पित भई आमाको माया छात्रावासमा खाना खुवाउने कार्यक्रम गरेको छ ।

लायन अशोक बेरिवालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लायन्स क्लब डिस्ट्रीक ३२५ एसका दाेस्राे भाइस ड्रिस्टीक गभ्रनरलायन राम बिहारी पाण्डे, जिल्लाका आइपिडिजी देवकी नन्दन अग्रवाल, डिजिटल मार्केटिङ काेर्डिनेटर लायन नरोत्तम पाण्डे सहित क्लबका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेकाे थियो ।

लायन्स क्लबले प्रत्येक बर्ष समाजिक विभिन्न कार्यक्रमहरु गर्दै आएकाे छ ।

पाेखरियामा दिउसै जेष्ठ नागरिक लुटिए

वीरगंज । पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा चिनिने पाेखरियामा दिउसाै एक जेष्ठ नागरिक लुटिएका छन् । पाेखरिया बजारमा बुधबार दिउसाे २ बजेकाे समयमा पाेखरिया नगरपालिकाकाे वडा नं. १ बनकटवा निवासी जेष्ठ नागरिक नारायण राम लुटिएका हुन् ।

पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पाेखरिया बजारमा रहेकाे कृषि बिकास बैंकबाट समाजिक सुरक्षा भत्ता रु १२ हजार निकालेर पैदल घर फर्किरहेका आफु लुटिएकाे पिडितले वताएका छन् । पाेखरिया बजार मै रहेकाे श्री जिल्ला उच्चांगल रामदेव कलवार माद्यमिक विद्यालय अगाडी माेटरसाइकलमा सवारमा अज्ञात दुई जना व्यक्तिहरुले हामी घुमुवा प्रहरी हु भनि चेक जाँच गर्ने बहानामा आफुसंग रहेकाे रु १२ हजार लुटेर लगेकाे पिडित रामले वताएका हुन् ।

दिउसै बैंकबाट समाजिक सुरक्षा भात्ता निकालेर घर फर्कीरहेकाे जेष्ठ नागरिक लुटिने घटनाले स्थानिय सर्वसाधारण त्रसित भएका छन् ।

बैंकबाट समाजिक सुरक्षा भत्ता निकालेर घर फर्कीरहेका जेष्ठ नागरिक लुटिएकाे निवेदन परेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक राजन ढकालले वताए । सिसि टिभि फुटेजकाे आधारमा लुटेराहरुकाे खाेजी कार्य भइरहेकाे उनले वताए ।

रोम विधान अनुमोदनकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

वीरगंज । अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न माग गर्दै पर्साका मानवअधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का पर्सा जिल्ला प्रतिनिधि शम्भु कुमार सुमन, दिव्य विकास स्राेत केन्द्र पर्साका प्रतिनिधि सुनिल कुमार साह र स्वतन्त्र मानव अधिकार समाज वीरगंजका महासचिव दिपक साह कानुले संयुक्त रुपमा बिहिबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । 

इन्सेक पर्साकाे नेतृत्वमा बुझाइएकाे ज्ञापन पत्रमा पुर्नस्थापित प्रतिनिधि सभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई रोम विधान अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रूपमा संकल्प प्रस्ताव पारित गरेको तथ्य स्मरण समेत गराएकाे छ ।

साथै मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षाका क्रममा नेपालको विगतका समिक्षाहरुमा आएको सुझाबहरुमध्ये रोम विधान पारित गर्नकोलागि धेरै राष्ट्रहरुले गरेको सुझावहरु प्रति पनि मानवअधिकारकर्मीहरुले ध्यानाकर्षण समेत गराएका छन् ।

यसैगरि तत्कालिन परराष्ट्रमन्त्री उपेन्द्र यादवले २०६५ माघ २९ गते रोम विधान तत्काल अनुमोदन गर्नुपर्ने एजेण्डा तत्कालीन सरकारको क्याबिनेटमा प्रस्तुत गर्नुभएकोले नेपाल सरकारको तर्फबाट रोम विधान अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएकाे इन्सेक पर्साका प्रनिधि शम्भु कुमार सुमनले वताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान संसारका विभिन्न १ सय २३ राष्ट्रले अनुमोदन गरिसकेका छन् । दक्षिण एशियाका बंगलादेश, अफगानिस्तान, मालदिभ्स लगायत एशियाका देशहरू पनि रोम विधानको पक्ष राष्ट्र भइसकेका छन् । नेपाल हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र भएको छैन ।

रोम विधान अन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्धअपराध, आमनरसंहार र मानवता विरूद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्ने इन्सेक पर्साका प्रतिनिधि सुमनकाे भनाई छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाले राष्ट्रिय अदालतको क्षेत्राधिकार कटौती र हस्तक्षेप हुँदैन । दण्डहीनताको अन्त्यका लागि सकारात्मक परिवेश निर्माण गर्न सहयोग पुर्‍याउँछ । राज्यले नेपालको मानवअधिकार संरक्षण र संबर्धनका लागि रोम विधानको अनुमोदन गर्नु आवश्यक रहेकाे प्रधानमन्त्रीलाई बुझाइएकाे ज्ञापन पत्रमा उल्लेख छ ।

शिव मन्दिरको अवस्था जिर्ण, भक्तजनलाई पूजाआजा गर्नमा कठिनाई

जोतीलाल पंडित /

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं १६ बाईसपास स्थित माईदिया पोखरी नजिक रहेको शिव मंदिर जिर्ण बन्दै गएको छ । शिव मंदिरको संरचना पुरानो भएको कारण र केहि दिन देखी लगातारको वर्षाले गर्दा मंदिर जिर्ण अवस्थामा पुगेको हाे ।

श्रावण महिनामा पुजाआजा गर्न आउने स्थानीहरुलाई गतवर्ष देखि नै समस्या भाेगिरहनु परेकाे छ । मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान जानसकेकाे छैन । मन्दिरमा लगाइएको पर्खाल भत्किएका छन् । मन्दिरकाे पर्खाल भत्किएको कारण आसपासमा चरण क्षेत्र भएकोले यहाँ गाईबस्तु छिरने गरेकाे र पानी समेत मन्दिरभित्र जम्ने गरेकाे स्थानीयहरूले वताएका छन् ।

स्थानीय तथा पुजा गर्न आउने भक्तजनहरूले वडा र वीरगंज महानगरपालिकामा समेत यसको पुर्ननिर्माणका लागी पटकपटक भन्दै आएको स्थानीय नितेश कुमार वर्णवालले बताए ।

उनका अनुसार मंदिर छेउमा रहेको पोखरी निमार्णको कार्य भईरहदा पनि वडा अध्यक्ष तथा मेयर शिंहको ध्यान केन्द्रित नभएको बताए । अहिले श्रावण महिना सुरू भएसंगै पुजाआजाको लागी स्थानीय भक्तजन आउने गरकोले मंदिरको संरचना मर्मत गर्नु पर्ने हुन्छ । लामो समयदेखि उक्त मंदिरको संरचनामा स्थानीय सरकारले ध्यान नदिएको कारण मंदिरको अवस्था झनै जरजर अवस्थामा पुगेको छ । यश बिषयमा सम्बन्धित सबैकाे ध्यान जान जरुरी छ ।

मुक्त हरवाचरवाको न्यायोचित पुनःस्थापनका लागि छिटै एकिकृत प्याकेज ल्याईने : मन्त्री सिंह

वीरगंग । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले मुक्त हरवाचरवाको तथ्याकं संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण गरि एकिकृत प्याकेज मार्फत उनीहरुको न्यायीक पुनःस्र्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मुक्त हरवचरवाको न्यायिक पुनःस्र्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार ।। भन्ने मुल नाराका साथ जनकपुरमा सम्पन्न दोश्रो हरवाचरवा मुक्ति दिवशको अवसरमा मन्त्री सिंहले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मन्त्री सिंहले नागरिकहरु आफनो अधिकार प्रति सचेत र जागरुक भए सामन्तबाद स्वतः उन्मुलन हुने बताए । उनले मधेशप्रदेश सरकारको निति तथा कार्यक्रम र बजेट मार्फत मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापना गरिने कुरामा आफु निरन्तर लागि रहने बताउनु वताए ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले आयोजना गरेको दोश्रो मुक्ति दिवशका सन्दर्भमा जनकपुरको मुरलीचोकबाट बृहत र्रयाली शुरु भई नेपालबार एसोशियसनको सभाहलमा “मुक्त हरवाचरवाको बर्तमान अवस्था र उनीहरुको न्यायोचित पुनस्र्थापनाबारे निति निर्माता र सरोकारवालासंग निति संवाद” कार्यक्रममा परिणत भएको थियो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदाले मुक्तिको घोषणा भएको २ बर्ष वितिसक्दा समेत नेपाल सरकारले पुनःस्थापनाको कुनै कार्य अघि नबढाएको गुनासो गरे । कोषाध्यक्ष राजवती मण्डलले मुक्तिको घोषणासंगै नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तिकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दाहरु अहिलेसम्म शुरु हुन नसकेको कुरा औल्याए ।

मधेशप्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत खिलराज परियारले मन्त्रालयको अगुवाईमा निर्माण भएको “हरवाचरवा तथ्याकं संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण सम्बन्धी कार्यबिधी” को प्रभावकारी कार्यान्वयन मार्फत मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापनामा जोड दिनुपर्ने कुरा औल्याए ।

उक्त अवसरमा द फ्रिडम फण्डका जनवकालत सल्लाहकार ब्रहमदेव राम, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय सदस्य शिव सदा, जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरीका अध्यक्ष साबित्री सदा, जिल्ला हरवाचरवा अधिकार पर्साका अध्यक्ष अमरदेव पासवान, दलित जनप्रतिनिधी सञ्जालका प्रदेश सचिव राजेश सक्सेना पाशवान, मानवअधिकारकर्मी बिनोद महरा, जनचेतना दलित संगमका अध्यक्ष रामलखन राम, श्रीपुराज सामुदायिक बिकास केन्द्र सप्तरीका अध्यक्ष चतुरनारायण चौधरी लगायतले आ आफनो बिचार ब्यक्त गरेका थिए ।

नेपालको संबैधानिक प्रावधान अनुसार मिति २०७९ श्रावण २ गते सम्माननीय पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाज्यूले नेपाल सरकारका माननीय मन्त्रीहरू, माननीय साँसदहरु, मन्त्रालयका सचिवहरु, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनीधिहरु, उच्च पदस्थ कर्मचारीहरुसहित हलिया, कमैया, कम्लरी तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थिति रहेको एक भव्य समारोहकाबीच अनुचित ऋणको खारेजीसहित पूर्वी तराईका बारा देखि सुनसरी सम्मका ९ जिल्लाहरुमा रहेका करिव १ लाख भन्दा बढी हरवाचरवाहरुको मुक्तिको घोषणा गर्नु भएको थियो । हरवाचरवाको मुक्तिको घोषणासँगै नेपालमा सामन्तवादका अवशेषका रुपमा रहेको प्रथाहरु औपचारिक रुपमा अन्त्य भएका थियो भने नेपाल बधुँवाप्रथा मुक्त राष्ट्र भएको थियो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीप्रसाद सदाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । राष्ट्रिय दलित नेटवर्क, नेपालका जिल्ला हरवाचरवा एक्टीभिष्ट ममता बिश्वकर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) मधेश प्रदेश प्रमुख राजु पाशवानले “मुक्त हरवाचरवाको बर्तमान अवस्था र न्यायोचित पुनःस्र्थापना” सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।