Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जीराभवानीको ३६ करोडको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साकाे जीराभवानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३६ करोड रुपैयाँको अनुमानित बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार वडा नम्बर ३ को वडा कार्यालय सभाहलमा आयोजित कार्यक्रममार्फत गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

उक्त नीति तथा कार्यक्रममा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख छ । गाउँपालिका भित्रका दुईवटा माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निरन्तर सञ्चालन गरिने भएको छ । साथै, आगामी फागुनभित्र पालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने र कार्तिक/मंसिरभित्र १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको उपाध्यक्ष चौधरीले जानकारी दिइन्।

कृषि क्षेत्र सुधारका लागि उत्पादन गरिएका अन्नबालीको बजार र मूल्य व्यवस्थापनमा जोड दिइएको छ। रासायनिक मल, उन्नत बीउ, कीटनाशक औषधि जस्ता कृषिउपकरण समयमा किसानलाई उपलब्ध गराउने तथा उचित मूल्य दिलाउने नीति अवलम्बन गरिने भएको छ।

सिचाइका लागि ८० लाख रुपैयाँको विद्युत प्रसारण कार्य चलिरहेको र आगामी वर्ष प्रदेश सरकारसँग माग गरिएका ५ करोड रुपैयाँ बराबरका आयोजनाबाट सम्पूर्ण किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए । उनले नदी-खोला समेट्ने सिचाइ योजना ल्याइने र जल स्रोतको संरक्षण तथा संवर्द्धनमा पनि पालिका सक्रिय हुने बताए ।

गाउँपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ९ करोड, शर्तसहितको अनुदानबाट १८ करोड, राजस्व बाँडफाँडबाट ८ करोड र आन्तरिक स्रोतबाट १ करोड जुटाई कुल ३६ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको हो।

गाउँपालिका अध्यक्ष अनोज चौधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्ष रामशरण ख्वास थारु, महादेव महतो थारु र कार्यपालिका सदस्य सरोज चौरसियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत शिवराज फूयालले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...