Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

जीराभवानीको ३६ करोडको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साकाे जीराभवानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३६ करोड रुपैयाँको अनुमानित बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार वडा नम्बर ३ को वडा कार्यालय सभाहलमा आयोजित कार्यक्रममार्फत गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

- Advertisement -

उक्त नीति तथा कार्यक्रममा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख छ । गाउँपालिका भित्रका दुईवटा माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निरन्तर सञ्चालन गरिने भएको छ । साथै, आगामी फागुनभित्र पालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने र कार्तिक/मंसिरभित्र १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको उपाध्यक्ष चौधरीले जानकारी दिइन्।

कृषि क्षेत्र सुधारका लागि उत्पादन गरिएका अन्नबालीको बजार र मूल्य व्यवस्थापनमा जोड दिइएको छ। रासायनिक मल, उन्नत बीउ, कीटनाशक औषधि जस्ता कृषिउपकरण समयमा किसानलाई उपलब्ध गराउने तथा उचित मूल्य दिलाउने नीति अवलम्बन गरिने भएको छ।

सिचाइका लागि ८० लाख रुपैयाँको विद्युत प्रसारण कार्य चलिरहेको र आगामी वर्ष प्रदेश सरकारसँग माग गरिएका ५ करोड रुपैयाँ बराबरका आयोजनाबाट सम्पूर्ण किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए । उनले नदी-खोला समेट्ने सिचाइ योजना ल्याइने र जल स्रोतको संरक्षण तथा संवर्द्धनमा पनि पालिका सक्रिय हुने बताए ।

गाउँपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ९ करोड, शर्तसहितको अनुदानबाट १८ करोड, राजस्व बाँडफाँडबाट ८ करोड र आन्तरिक स्रोतबाट १ करोड जुटाई कुल ३६ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको हो।

गाउँपालिका अध्यक्ष अनोज चौधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्ष रामशरण ख्वास थारु, महादेव महतो थारु र कार्यपालिका सदस्य सरोज चौरसियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत शिवराज फूयालले गरेका थिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...