Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

पर्सामा पारिवारिक विवादका कारण श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ मा श्रीमानले आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार २०८२ असार ७ गते राति करिब १२:४५ बजे २२ वर्षीय लालबाबु खातुनको घाँटी थिची हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न मृतकका श्रीमान् सफी राज मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। मृतकको शव नारायणी अस्पताल वीरगंजमा पोस्टमार्टमका लागि पठाइएको छ।

प्रहरीले घटनाको प्रमुख कारण पति–पत्नीबीचको मनमुटाव र घरेलु विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। श्रीमतीले बाहिरीबाट काम गरेर घर आउदा आफूलाई बेवास्ता गरेको गुनासो गर्दै विवादमा हत्या गरेको श्रीमानले बताएका छन्।

पक्राउ परेका श्रीमानलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...