Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पोखरिया नगरपालिकाले सार्वजनिक गर्‍याे ४४ करोड ४० लाखको बजेट

spot_img
spot_img

पोखरिया । पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ४० लाख २७ हजार ४ सय ४८ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार पोखरिया–४ स्थित प्राचीन शिव मन्दिरको धर्मशालामा आयोजित नवौं नगर सभाबाट सर्वसम्मत रुपमा बजेट प्रस्तुत गरिएको हो ।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा बजेट बुक उपप्रमुखको हस्तान्तरणपछि प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले बजेट प्रस्तुत गरेका थिए ।

बजेटमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १० करोड ५९ लाख, सशर्त चालु अनुदान २० करोड २१ लाख, सम्पूरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड १३ लाख र राजस्व बाँडफाँड ९ करोड २८ लाख २७ हजार ४ सय ४८ रहेकाे छ ।

बजेट सार्वजनिक कार्यक्रममा वडाध्यक्षहरू प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानु, महेन्द्र महतो चाई, सिमानन्द चौहान, प्रमानन्द पटेल, किसोरी साह तेली, नौसाद आलम, सोनालाल गोढ, साथै कार्यपालिका सदस्य, समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई मुल्याङ्कनको आधारमा कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण शिव पटेल र भगवान प्रसाद साह कानुले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...