Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

वीरगंजमा ३१९ केजी चरेससहित ट्रक पक्राउ, तस्करी नेटवर्कमाथि सूक्ष्म अनुसन्धान

वीरगंज । पर्सा प्रहरीले वीरगञ्जबाट एक ट्रक चालकलाई ३१९ केजी चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान रहेका छन् ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यो परिमाणको चरेस बरामद हुनु सम्भवतः पहिलोपटक हो । स्याङ्तानबाट प्रहरीले १ लाख ९२ हजार नगद रुपैयाँ समेत बरामद गरेको छ ।

बुधवार बेलुकी बाराको परवानीपुरबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट)तर्फ गइरहेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई प्रहरीले परवानीपुर चोकमा रोक्ने क्रममा चेकजाँच गरिएको थियो । ट्रकको मालबाहक भागमा प्लास्टिक बोरामा पोका बनाएर राखिएको अवस्थामा लागूऔषध चरेस फेला परेको हो ।

पक्राउ परेका चालक स्याङ्तानले धादिङबाट चरेस लोड गरी भारत पठाउने योजनासहित वीरगञ्ज ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् । उनलाई हिरासतमा राखी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

पत्रकार सम्मेलनमा एसपी मिश्रले पर्सामा लागूऔषध तस्करीको चेन ब्रेक गर्न व्यापक प्रयास भइरहेको जनाउँदै यस कडीमा अहिलेसम्मकै ठूलो परिमाणको चरेस बरामद भएको बताए । उनका अनुसार चरेसको बजार मूल्य झण्डै १ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।

प्रहरीले चरेस तस्करीमा संलग्न अन्य व्यक्ति तथा तस्करीको सञ्जालबारे पनि सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । एसपी मिश्रले भने, “लागूऔषध तस्करीको चेन ब्रेक गर्ने उद्देश्यसहित हामीले अनुसन्धान तीव्र पारिरहेका छौँ ।”

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...