Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

नबिल बैंकद्वारा वीरगञ्जको त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा प्रदान

spot_img
spot_img

वीरगञ्ज । नबिल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ४ स्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयलाई १० थान विद्युत पंखा हस्तान्तरण गरेको छ।

विद्यालयका कक्षा कोठाहरूमा सहज र प्रभावकारी अध्ययन वातावरण सिर्जना गर्ने उद्देश्यले प्रदान गरिएका ती पंखाहरू विद्यालयका उप–प्रधानाध्यापक बिनोद कुमार स्वर्णकारलाई मधेश प्रदेश प्रमुख सुलभ कुमार श्रेष्ठले एक औपचारिक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो।

सो अवसरमा वडा नं. ४ का वडा अध्यक्ष श्री जगत साह कानु प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै, नबिल बैंककाऋण असुली विभाग, मधेश प्रदेशका ईन्चार्ज  सन्तोष साह, मधेश प्रदेश क्लस्टर कार्यालयका सञ्जीव पाण्डे र वीरगंज शाखाका प्रबन्धक विशेष दैबग्यको पनि उपस्थिति रहेको थियो।

विद्यालय प्रशासनले नबिल बैंकको सहयोगलाई अत्यन्त सराहना गर्दै हार्दिक आभार व्यक्त गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र वित्तीय पहुँच विस्तारमा निरन्तर योगदान दिँदै आएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...