Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

कांग्रेस–एमाले गठबन्धन जनतामाथि बोझ : प्रभु साह

spot_img
spot_img

वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई “फजुल खर्च”को संज्ञा दिँदै कडा आलोचना गरेका छन्। वीरगञ्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले युद्धग्रस्त मुलुकहरूबाट आफ्ना नागरिक उद्धार गर्न नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरू लावालस्करसहित विदेश जानु जनताको करको दुरुपयोग भएको आरोप लगाए।

साहले प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणले अहिलेसम्म कुनै ठोस उपलब्धि नदिएको उल्लेख गर्दै भने, “गत वर्ष बाढीपहिरोको बेलामा पनि प्रधानमन्त्री विदेश भ्रमणमै थिए, अहिले पनि जनताको पीडामा साथ दिनुको सट्टा विदेश सयरमा निस्कनु सरकारको संवेदनहीनता हो।”

उनले वर्तमान कांग्रेस–एमाले गठबन्धनलाई “अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रिक” भन्दै कोर्स करेक्सन गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरे। ओलीलाई “नाटककार” को संज्ञा दिंदै उनले एमालेले विरोधीहरूलाई निल्ने योजना अघि बढाइरहेको आरोपसमेत लगाए।

प्रभु साहले मधेस र विशेषगरी वीरगञ्जप्रति बजेटमा विभेद गरिएकोप्रति गम्भीर असन्तुष्टि जनाए। उनले वीरगञ्जको नारायणी अस्पताललाई मेडिकल कलेज, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट रंगशालाका रूपमा विकास गर्न बजेटमा कुनै प्राथमिकता नदिएको बताए।

“वीरगञ्जबाट तीन–तीन जना संघीय मन्त्री हुँदा पनि सहरले न्याय पाएन,” साहले भने, “कांग्रेसका मन्त्री यहाँ अर्बौंको बजेट ल्याएको भन्छन्, तर काठमाडौं गएपछि त्यही मन्त्री भन्छन्— बजेट नै आएन। यो नाटक बन्द गर्नुपर्छ।”

उनले मधेसमा शिक्षकको अभाव, शिक्षाको गिरावट, र राज्यको संवेदनहीन व्यवहारप्रति चिन्ता व्यक्त गर्दै सरकारमाथि शिक्षालाई नै ध्वस्त बनाउने षड्यन्त्रको आरोप पनि लगाए।

अध्यक्ष साहले सरकार, अर्थतन्त्र, सडक व्यवस्था र जनताको जीवनस्तर सबै क्षेत्रमा असफल भएको टिप्पणी गर्दै भने, “सरकारले देशभर भाँडभैलो मच्चाएको छ। फ्लाईओभरको नाममा वर्षौं पुराना कामको रिबन काटेर प्रचार मात्र भइरहेको छ, तर जनता त्रिशुलीमा खसेको बससम्मको अत्तोपत्तो नपाएर मरिरहेका छन्।”

कार्यक्रमको अध्यक्षता नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानले गरेका थिए भने उपप्रमुख इम्तियाज आलम, कांग्रेस नेता विजय सर्राफ, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझीलगायतको उपस्थिति रहेको जानकारी उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...