Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Home Blog Page 1094

क्यान्सरजन्य एसवेस्टस प्रतिबन्ध निर्णयको प्रभावकारी कार्यान्वय सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

वीरगंज, ११ कात्तिक ।
क्यान्सरजन्य एसवेस्टस प्रतिबन्ध बारे निर्णयको प्रभावकारी कार्यान्वय सम्बन्धी कार्यशाला गोष्ठी आज वीरगंजमा सम्पन्न भएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले नगर सभा गृह वीरगंजमा आयोजना गरेको गोष्ठी सम्पन्न भएको हो । घरको छाना छाउनमा प्रयोग हुने एसवेस्टरमा कुहिएर निस्कने आंखाले नदेखिने रसाबाट स्वास्थ्यमा असर पर्ने आयोजक संस्थाका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले वताए ।

गोष्ठीमा क्यान्सरजन्य एसवेस्टसको आयात, विक्रिवितरण बारे प्रस्तुती गर्दै वैज्ञानिक साहले एसवेस्टरमा आँखाले नदेख्ने फाइबरबाट क्यान्स हुने वताए । उनले नेपाल लगायत ६६ देशमा एसवेस्टसको प्रतिबन्ध लगाइएको वताए । भारतमा प्रतिबन्ध नरहेका कारण र खुल्ला सिमाका कारण तराईका प्रदेश नं. २ मा व्यापक यसको प्रयोग देखिएको वताए ।

वीरगंज भन्सारका अधिकृत प्रमोद पौडेलले एसवेस्टर निर्यातमा रोकि राखिएको बताउदै यसलाई रोकन पूर्ण प्रतिवद्ध रहेको वताए । यसलाई रोकन जनचेतना कार्यक्रम चलाउन पनि जरुरी रहेको अधिकृत पौडलले जोड दिए । यस्तै एसवेस्टस बारे डा. अरविन्द पाठक र भंसार विभागका मनोज निधि वाग्लेले आ आफनो प्रस्तुती गरेका थिए ।

गैसस महासंघ नेपाल पर्साका सचिव चन्देश चौहानको अध्यक्षतामा र वीरगंज महानगरपालिकाको उप मेयर शान्ति कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वीरगंज भन्सारका निमित प्रमुख गोपाल खत्री, भूमिगत सिचाई प्रमुख कामेश्वर यादव, सखुवा प्रसौनी गाउँकालिकाको उप प्रमुख फुलमती चौधरी लगायतकाले मन्तव्य राखेका थिए । सुर्योदय युवा क्लबको सहजिकरणमा कार्यक्रम भएको थियो ।

शनिबार राति एक वृद्धको घाँटी रेटी हत्या

0

बारा,११ कात्तिक ।
वीरगंज कलैया सडक अन्तर्गतमा रहेको कोइरी टोलमा एक वृद्धको सवभेटीएको छ । कलैया उपमहानगरपालिका–२३ कोइरी टोलमा शनिबार राति एक वृद्धको घाँटी रेटी हत्या भएको हो । ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्या भएको बारा प्रहरीले जनाएको छ । श्रीमतीसहित गोठमा बस्दै आएका नन्दलाल घर नजिकैको आँपको बोटमुनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताए। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रवक्ता राठौरले बताए।

मैथिली चलचित्र प्रेमक बसात नोभेम्बर २ तारिखमा रिलिज हुने

0

वीरगञ्ज – बहुप्रतिक्षित मैथिली कथानक चलचित्र प्रेमक बसात यहि नोभेम्बर २ तारिखमा नेपाल र भारतमा रिलिज हुने पक्का भएको छ । रुपक शररले निर्देशन गरेको चलचित्रमा पियुष कर्ण र रैना बैनर्जीको मुख्य भुमिका रहेको छ भने चलचित्रलाई भेदान्त झा र कुनाल ठाकुरले निर्माण गरेका छन् । रिलिज अगावै चलचत्रिका गीतसंगीत चर्चामा छन् ।

चलचित्रमा समावेश गरिएका गीतहरुमा सरोज सुमन, प्रवेश मल्लिक, एस कुमार लगायतले संगीत भरेका छन् भने टोची रैना, आदित्य नारायण, सरोज सुमन, प्रवेश मल्लिक, नेहा प्रियादर्शनी, पमेला जैन, सावनी मुडगल, सुनील मल्लीक, दिलीप दरभँगिया, एस कुमार लगायतका गायकले गीतहरुलाई स्वरबद्ध गरेका छन् । शेखर अस्तीत्व, सारिका कुमार, प्रवेश मल्लिक, सरोज सुमन, एस कुमार लगायतले गीतको शब्द कोरेका छन् ।

हिन्दु र मुस्लिम बिचको प्रेम कथालाई चलचित्रमा समेटिएको छ । पहिलो चरणमा नेपालको तराई र भारतको बिहारमा चलचित्र रिलिज हुने तयारी छ ।

डाक्टर गिरीको उपचारबाट बालकले पाए पुनर्जीवन

0

कात्तिक, ११ वीरगंज ।
वीरगंजमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा गुणस्तरीय उपचार सेवा नभएपछि निमुखा तथा गरिव विरामीलाई आर्थिक संकट र मानसीक तनाव झेल्नुपरेको घटना फेरी एक पटक सतहमा देखिएका छ ।
आर्थिक अवस्था भएको बारा प्रसौनि विर्ता निवासी शिवप्रसन दास र कुन्ती देवी दम्पत्तिले पहिलो सन्तानको रुपमा छोरा पाएपछि हर्षले विभोर भएका थिए । करीब एक साता अघि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा कुन्तीदेवीले छोरा जन्माईन । पहिलो पटक पिता बनेका शिवप्रसनले खुसीयालीमा मिठाई पनि वितरण गरे । तर उक्त खुसी धेरै समय रहन सकेन । नवजात शिशुलाई विभिन्न समस्याले एकैपटक गाँजेको देखियो । उनको उपचारमा संलग्न चिकित्सकले तुरुन्तै काठमाण्डौको कान्ती बाल अस्पतालमा लगेर उपचार गर्नुपर्ने अन्यथा शिशुको ज्यान जान सक्ने जानकारी गराए ।
उपचारमा संलग्न चिकित्सकको जवाफबाट सामान्य आर्थिक अवस्थाका शिवप्रसनलाई गम्भीर मानसिक तनाव थपियो । उनि आफ्नो भएको अलिकति जग्गा पनि बेचेर पहिलो सन्तानलाई बचाउने सोच गरे । त्यसैबेला कसैले उनलाई सुर्या अस्पतालमा उपचार गराउन सल्लाह दिए । अस्पतालको बारेमा केहि थाहा नपाएका शिवप्रसन काठमाण्डौमा भन्दा वीरगंजमा उपचार सस्तो पर्ने आशमा सुर्या अस्पतालमा पुगे र एनआईसीयुमा शिशुको भर्ना गराए । शिशुको भर्ना पश्चात् उनको भेट बाल रोग विशेषज्ञ डाक्टर कुशराज गिरी सँग भयो । बाल रोगको क्षेत्रमा ख्याती कमाएका डाक्टर कुशराजले शिशुको उपचार शुरु गरे ।
शिशुको विभिन्न आवश्यक चेकजाँचहरु गरीयो । शिशुलाई जन्मीएको भोलिपल्टैबाट १०५ डिग्रीको उच्च ज्वरो, पिसाब हुन नसकेको, आमाको दुध चुस्न नसकेको र अर्ध होसमा रहेको पाईएपछि डाक्टर गिरीले करीब एक साता लगाएर उनको सफल उपचार गरेका छन् । सुर्या अस्पतालमा भर्ना भएको आठाँै दिनमा शिशुलाई डिस्चार्ज गरी घर पठाईएको थियो । शिशुलाई सेप्टीक सेमिया विथ रेनल फेलुयर भएकोमा उनको सफल उपचार पछि घर पठाईएको डाक्टर गिरीले जानकारी दिनुभयो ।
वीरगंजका कुनै पनि अस्पताल र क्लीनिकले लिन नमानेको विरामीलाई बाल रोगको अनुभवी चिकित्सक डाक्टर गिरीको उपचारले गर्दा शिवप्रसनको पहिलो सन्तानको ज्यान जोगिएको छ भने उनको धेरथोर रहेको जग्गा पनि विक्रि हुनबाट बँचेको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा एनआईसीयु हुँदाहुँदै पनि सहि चिकित्सकीय सेवा पाउन नसक्दा विरामी र उनका आफन्तले आर्थिक र मानसीक तनाव झेल्नुपरीरहेको छ भन्ने कुरा यस घटनाले पुनः एक पटक प्रमाणीत गरेको छ ।

हिलाेमा माछा समात्दै

विन्दवासिनी गाउँपालिकाको बहुअर्वा भाठा स्थित वीरगंज पाेखरिया सडककाे छेउकाे खाल्डडोको हिलोमा माछा समात्दै बालकहरु । तस्बिर : कालिका टाईम्स

नेपाली कांग्रेसका नेता प्रकास शरण महतको भनाई

वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता प्रकास शरण महतले के के भने हेनु होस भिडियो ।

कात्तिक १७ गते भेला गर्ने निर्णय गर्दै पर्सा ग्रामिण सुचना केन्द्रको बैठक सम्पन्न

पोखरिया, १० कात्तिक ।
पर्सा ग्रामिण सुचना केन्द्र पोखरियाको आज बैठक सम्पन्न भएको छ । पोखरियामा बसेको बैठकले कात्तिक १७ गते, शनिबारका दिन सुवर्णपुरमा ग्रामिण सुचना केन्द्र संग आवद्ध पत्रकारहरुको भेला गर्ने निर्णय गरेको छ ।

भेलाले सुचना केन्द्रको नयाँ कार्य समिति चयन गरी संस्थालाई सक्रिय बनाउने बैठकले निर्णय गरेको केन्द्रका सचिव ओमप्रकाश चौधरीले वताए । स्थानिय सरकार गठन पछिको ग्रामिण भेगको पत्रकारको समस्या र चुनौतीको बारेमा छलफल गर्दै बैठक सम्पन्न भएको चौधरीले वताए ।

ग्रामिण सुचना केन्द्रका कार्यवाहक अध्यक्ष लालबाबु बानियाँको अध्यक्षतामा भएको बैठकमा नेपाल पत्रकार महासंघ, पर्साका उपाध्यक्ष अनुप तिवारी, ग्रामिण सुचना केन्द्रका कोषाध्यक्ष धर्मेन्द्र चौरसिया, शम्भु कुमार सुमन, कृष्ण मोहन साह, मेघराज राय, नरेश यादव, राजन कुमार बानियाँ, सुरेन्द्र सिंह लगायतकाको उपस्थिती रहेको थियो ।

थप आन्दोलनको कार्यक्रम तय गर्न ९ गाउँको अगुवाहरुको बैठक बोलाउन संघर्ष समितिको निर्णय

पोखरिया, १० कात्तिक ।
कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा रहेको श्री सुकई साह माध्यीमक विद्यालयलाई १० प्लस २ बनाउन दबाव दिन गठित संघर्ष समितिको बैठक आज सम्पन्न भएको छ । बैठकले थप आन्दोलनको कार्यक्रम तय गर्न कालिकामाई गाउँपालिकाको भेडिहारी, गदियानी, रबिदास, टिनडोबिया, हरिहरपुर, बलुवा र पकहा मैनपुर गाउँपालिकाको लहावरथकरी, सबैठवा, पोखरियाका ५÷५ जना अगुवाहरुलाई बोलाई छलफल गर्ने निर्णय गरेको छ ।

विद्यालयलाई १० प्लस २ को अनुमतीको लागि गाउँ कार्यपालिकालाई दबाव दिन कात्तिक १६ गते शुक्रबार विद्यालयमा अध्यययनरत विद्यार्थीहरुको सबन्धीत गाउँको अगुवाहरुलाई बोलाई बृहत बैठक बसी छलफल गर्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ । सबैठवाको अगुवाहरुलाई बोलाउन राधाकिशुन प्रसाद चौरसियालाई, रबिदास, टिनडोबिया, हरिहरपुर र बुलवाको ताजिन्द्र साहलाई, पोखरिया र गदियानीको गरिब राउत गद्दीलाई, बिरन्चीबर्वाको माओ कुशवाहालाई, भेडिहारी र गदियानीको सुबाष कुशवाहालाई बोलाउनलाई जिम्मेवारी समेत बैठले दिएको संघर्ष समितिका जमुना चौरसियाले वताए ।

एक महिना भित्र पनि गाउँ कार्यपालिकाले विद्यालयलाई १० प्लस २ संचालनको अनुमति दिएन भने कात्तिक १६ गते बस्ने बैठकले गाउँ कार्यपालिकाको कार्यालय अगाडी धर्ना, अनशन बस्ने जस्ता कडा भन्दा कडा आन्दोलनको कार्यक्रम तय गर्ने संघर्ष समितिका छठु साहले वताए ।

गिटी तस्करी गरी भारत पु¥याउने तयारीमा रहेका १३ वटा ट्याक्टर पक्राउ

पर्सा, १० कात्तिक । नेपालबाट गिटी तस्करी गरी भारत पु¥याउने तयारीमा रहेका १३ वटा ट्याक्टर पक्राउ परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको टोलीले गिटीसहित ट्याक्टर नियन्त्रणमा लिएको हो । शुक्रवार बिहान करिब ९ बजे प्रजिअ नेतृत्वको टोली सीमा अनुगमन गर्दै छिपहरमाई गाउँपालिका पुगेको थियो । सो गाउँपालिकाको वडा नं २ स्थित टिहुकी अन्तर्गत नेपाल–भारत दशगजाछेउमैं गिटी लोड अवस्थामा १३ वटा ट्याक्टरको ढाला देखिएपछि उक्त गिटीसहितको ढाला नियन्त्रणमा लिएको टोलीका सहभागीहरूले बताए ।

इन्जिनबिनाको ढाला र ढालामा पनि कुनै नम्बर अङ्कित नभएकोले पनि गिटी भारततर्पm लैजाने तयारी भएको सहजै अनुमान गर्न सकिन्थ्यो । तस्करहरूले दिउँसो लोड गर्ने र रातको समयमा सीमा कटाउने गरेको टिहुकीका बासिन्दाहरू बताउँछन् ।नियन्त्रणमा लिइएको ढाला प्रहरी चौकी टिहुकीमा राखिएको छ । सो ढालाको इन्जिन तथा धनी पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रशासन स्रोतले जनाएको छ ।

 मकवानपुरको मनहरीबाट आयात गरिने गिटी नेपालभित्र वैधानिक मानिन्छ । नेपाल सीमा क्षेत्रभित्र प्रतिसिएफटी ५३ रुपैया पर्छ । सोही गिटी सीमा कट्नेबित्तिकै भारततर्पm प्रतिसिएफटी ५८ भारु मूल्य छ । एक ट्याक्टरमा २ सय सिएफटी गिटी ढुवानी हुने भएकोले प्रतिट्याक्टर सीमावारि नेरु १० हजार ६०० र सीमापारि ११ हजार ६ सय भारु मूल्य पर्छ । यस कारण नेपाली गिटी तस्करी गरी भारततर्पm पुग्ने गरेको छ ।

तस्कर समूहले अमलेखगंजबाट ल्याएर पोखरिया, मुडली, लङ्गडी, हरिहरपुरलगायतका स्थानमा गिटी डिपो गरिराख्ने र रातको समय पारेर सीमा कटाउने गरेका छन् । पेशेवर तस्करहरूले नम्बर नभएको ढालामा गिटी लोड गरेर सीमासम्म नेपाली नम्बरको इन्जिनले पु¥याउने र सीमाबाट भारतीय नम्बरको इन्जिनले लिएर जाने गरेको नाम नबताउने शर्तमा एक ट्याक्टर चालकले प्रतीकलाई बताए ।

सीमा क्षेत्रका प्रहरी एकाइहरूसँगको मिलेमतोमा मात्रै तस्करहरूले काम गर्ने उनले खुलासा गरे । “प्रहरी नमिलाए त नम्बरविहीन ढाला पक्राउ गरिहाल्छ नि, सीमा कटाउनै पाइन्न,” उनले थपे । प्रहरी चौकी बुडगाई, टिहुकी, भिस्वा, मिर्जापुर, आशवारी, सबैठवा नाकाबाट हरेक रात ५० टिपभन्दा बढी गिटी भारततर्पm तस्करी हुने गरेको समाचार स्रोतको दाबी छ ।

यसैबीच, प्रहरी उपरीक्षक रेवती ढकालले सो क्षेत्रका प्रहरीचौकी प्रमुखहरूलाई जिल्लामा बोलाएर गिटी तस्करीबारे सोधपुछ गरेका छन् । प्रहरीको मिलेमतोमा तस्करी भइरहेको निष्कर्ष निकाल्दै प्रउ ढकालले शुक्रवारबाटै छानबिन प्रक्रिया अगाडि बढाएको जिप्रका स्रोतले जनाएको छ ।

हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन भारतीय नागरिक वीरगन्जबाट पक्राउ

वीरगंज १० कात्तिक । हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन भारतीय नागरिकलाई सशस्त्र प्रहरीले वीरगन्ज नाकाबाट पक्राउ गरेको छ। शुक्रबार साँझ वीरगन्ज महानगरपालिका १६ स्थित वीरगन्ज भंसारको मूल गेटबाट चेकजाँचको क्रममा सशस्त्र प्रहरीले ती तीन भारतीय नागरिकलाई हतियार सहित पक्राउ गरेको हो।

ती भारतीयको साथबाट आरपी २२३६५९ नम्बरको ७ दशमलब ६५ एमएम अथवा ०.३२ इन्चको एक एनपीबोर पिष्टल, सोमा लाग्ने ८ राउण्ड गोली र २ वटा म्याग्जिनसमेत फेला परेको राजश्व तथा भंसार गस्ती गुल्मका निमित्त गुल्मपति पदम खड्काले बताए।

पक्राउ परेका व्यक्तिहरूमध्ये भारतको पूर्वी चम्पारण मोतिहार जिल्ला रामगढवाका २७ वर्षीय अवधबिहारी प्रसादको साथबाट सो हतियार बरामद भएको हो। उनको सहयोगीको भूमिकामा सोही ठाउँका ३७ वर्षीय उमेश प्रसाद गुप्ता रहेको र ती दुवैलाई लिएर आएको स्कार्पियो चालक सोही ठाउँका ओम प्रकाश पासवानलाई पनि सशस्त्र प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको हो।

उनीहरूसँग फेला परेको हतियार, त्यसमा लाग्ने गोली र म्याग्जिन सहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको राजश्व तथा भंसार गस्ती गुल्मले जनाएको छ ।

बी आर ०५ पीए ६१७७ नम्बरको सेतो स्कार्पियो गाडीमा चडेर नेपाल आउँदै गरेका उनीहरूले भंसार अगाडि नै गाडी रोकी भंसार अनुमतिपत्र लिने क्रममा शंका लागि चेकजाँच गर्दा सो हतियार त्यसमा लाग्ने गोली र म्याग्जिन फेला परेपछि राजश्व तथा भंसार गस्ती गुल्मले अवैध हतियारसहित तीनै जनालाई नियन्त्रणमा लिएको निमित्त गुल्मपति तथा सशस्त्रका प्रहरी निरिक्षक खड्काले बताए।