Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

दोहरो नारिक्ताबारे उजुरी दर्ता भएको दुई महिना वित्दा पनि छानविनमा ढिलाई

spot_img
spot_img

वीरगन्ज । दोहरो नागरिक्ता लिएर नेपाल बस्दै आएका नागरिकलाई मुलुकमा छानविनको प्रक्रिया कडाईका साथ अगाडि बढाई रहेको अवस्थामा पर्सामा दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको तथ्य फेला परेको छ ।

नेपाल भारत दुबै देशका नागरिक्ता लिएर वीरगन्ज आदर्शनगर – १० बस्दै आएकी एक महिला विरुद्ध नागरिक्ता छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको २ महिना वित्न लाग्दा पनि कारवाही हुन सकेको छैन ।

भारतको झारखण्ड राज्य धनवाद जिल्ला कतरास घर भई वीरगन्ज आदर्शनगर – १० निवासी राजेश खण्डेलवालसँग विवाह गरि नेपालको नागरिक्ता प्राप्त गरि दुबै देशका नागरिक्ता लिएर बस्दै आएकी छिन् । विवाह पश्चात भारतको नागरिक्ता रद्द गराई नेपालको नागरिक्ता प्राप्त गर्नुपर्नेमा त्यसो नगरी दुबै देशको नागरिक्ता बोकी दुबै देशमा बसोबास गर्दै आएकी छिन् ।

यस विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी दर्ता भएतापनि जिल्ला प्रशासन कार्यालयले हालसम्म द्वैध नागरिक्ता बोकेकी शोभा खण्डेलवाललाई कारवाही गर्न सकेको छैन । निजका श्रीमान् राजेश खण्डेलवाल वीरगन्जका व्यापारी भएको र उनको प्रशासनसम्म पहुँच भएको कारण नै उनकी श्रीमतीको दोहरो नागरिक्ता विरुद्ध उजुरी परेको महिनौं वित्दा पनि प्रशासनले कारवाही गर्न आलटाल गरेको हो ।

शोभा खण्डेलवालको दोहरो नागरिक्ताबारे छानविनका लागि साउन २ गते नै दर्ता नं. ८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको हो ।

यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मासँग बुझ्दा दोहरो नागरिक्ता छानविन प्रक्रिया सम्वेदनशील भएको कारण यसमा अलि समय लाग्ने बताए । उजुरी पर्ने वित्तिकै कारवाही प्रक्रिया अगाडि बढाइन्छ, त्यो उजुरीको पनि छानविनको प्रक्रियामा होला, अलि समय लाग्न सक्छ, तर यसबारे प्रमुख जिल्ला अधिकारीसँग नै बुझ्दा अझ प्रगाढ हुने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...