Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

दोहरो नारिक्ताबारे उजुरी दर्ता भएको दुई महिना वित्दा पनि छानविनमा ढिलाई

spot_img
spot_img

वीरगन्ज । दोहरो नागरिक्ता लिएर नेपाल बस्दै आएका नागरिकलाई मुलुकमा छानविनको प्रक्रिया कडाईका साथ अगाडि बढाई रहेको अवस्थामा पर्सामा दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको तथ्य फेला परेको छ ।

नेपाल भारत दुबै देशका नागरिक्ता लिएर वीरगन्ज आदर्शनगर – १० बस्दै आएकी एक महिला विरुद्ध नागरिक्ता छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको २ महिना वित्न लाग्दा पनि कारवाही हुन सकेको छैन ।

भारतको झारखण्ड राज्य धनवाद जिल्ला कतरास घर भई वीरगन्ज आदर्शनगर – १० निवासी राजेश खण्डेलवालसँग विवाह गरि नेपालको नागरिक्ता प्राप्त गरि दुबै देशका नागरिक्ता लिएर बस्दै आएकी छिन् । विवाह पश्चात भारतको नागरिक्ता रद्द गराई नेपालको नागरिक्ता प्राप्त गर्नुपर्नेमा त्यसो नगरी दुबै देशको नागरिक्ता बोकी दुबै देशमा बसोबास गर्दै आएकी छिन् ।

यस विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी दर्ता भएतापनि जिल्ला प्रशासन कार्यालयले हालसम्म द्वैध नागरिक्ता बोकेकी शोभा खण्डेलवाललाई कारवाही गर्न सकेको छैन । निजका श्रीमान् राजेश खण्डेलवाल वीरगन्जका व्यापारी भएको र उनको प्रशासनसम्म पहुँच भएको कारण नै उनकी श्रीमतीको दोहरो नागरिक्ता विरुद्ध उजुरी परेको महिनौं वित्दा पनि प्रशासनले कारवाही गर्न आलटाल गरेको हो ।

शोभा खण्डेलवालको दोहरो नागरिक्ताबारे छानविनका लागि साउन २ गते नै दर्ता नं. ८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको हो ।

यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मासँग बुझ्दा दोहरो नागरिक्ता छानविन प्रक्रिया सम्वेदनशील भएको कारण यसमा अलि समय लाग्ने बताए । उजुरी पर्ने वित्तिकै कारवाही प्रक्रिया अगाडि बढाइन्छ, त्यो उजुरीको पनि छानविनको प्रक्रियामा होला, अलि समय लाग्न सक्छ, तर यसबारे प्रमुख जिल्ला अधिकारीसँग नै बुझ्दा अझ प्रगाढ हुने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...