Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वडा कार्यालयमा सहजिकरण केन्द्र स्थापना भए पछि सेवाग्राहीलाई सजिलो

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. २३ को कार्यालय प्रसौनी विर्तामा सामुदायिक सुचना तथा सेवा सहजिकरण केन्द्र स्थापना भए पछि सेवाग्राहीलाई सजिलो भएको छ । सहजिकरण केन्द्रमा बस्ने स्वयं सेवकहरुको सहयोगले सेवाग्राहीलाई सजिलो भएको वडा सचिव राजिन्द्र यादवले वताए ।

वडा कार्यालयमा आउने सेवाग्राहीहरुलाई आफुहरुले आवश्यकता अनुसारको सहयोग गर्ने गरेको सहजिकरण केन्द्रका स्वयं सेवक प्रदिप कुमारले वताए । सहजिकरण केन्द्र मै भेटिएकी अर्का स्वयं सेवक ज्योति कुशवाहा हाल आफुहरु सेवाग्राहीको बैंकमा खाता खोल्ने फर्म भरेर सहयोग गरेको वताइन ।

वडामा समाजिक सुरक्षा भत्ताको लागि थप भएका नयाँ सेवाग्राहीको खाता खोलिदिनको लागि कृषी बिकास बैंक त्यही पुगेको थियो । सोही कार्यको लागि सहजिकरण केन्द्रमा बसेका स्वयं सेवकहरु फर्म भर्नमा व्यस्त देखिन्थे । दलित बालबालिका, जेष्ठ नागरिक र एकल महिलाको समाजिक सुरक्षा भत्ता वितरणको लागि खाता खोल्नु परेकोले उहांहरु आफै फर्म भर्न नसकेर आफुहरु भरेर सहयोग गरिदिएको अर्का सहजिकरण केन्द्रकी स्वयं सेवक उषा कुशवाहाले वताइन ।

यस्तै वडा कार्यालयमा आउने अन्य सेवाग्राहीहरुलाई पनि आफुहरुले आवश्यकता अनुसारको सहयोग गर्ने गरेको उनको भनाई थियो । शनिबार मात्र ३० जना बालबालिका, जेष्ठ नागरिक र एकल महिलाको खाता खोलिएको बैंकका लेखापाल किशोर न्यौपानेले वताए । सहजिकरण केन्द्रमा बसेका स्वयं सेवकहरुले फर्म भरेर सहयोग गरिदिएका कारण आफुहरुलाई खाता खोल्न सजिलो भएको बैंककी एसिसटेन्ट सरिता गुप्ताले वताइन ।

स्वयं सेवक विद्यार्थी साथीहरुले फर्म भर्नुको साथै आवश्यक पर्ने कागजात पनि मिलाएर पठाइदिएका कारण सजिलो भएको कार्यालय सहायक लालबाबु कुशवाहाले वताए ।

युएनडिपीको सहयोग र समाज विकास समन्वय समिति वीरगंजको सहजिकरणमा संचालित समाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत सहजिरण केन्द्र स्थापना भएको हो । सुचना तथा सेवा सहजिकरण केन्द्रमा ३० जना स्वयं सेवकहरु रहेको कार्यक्रमका कार्यकारी निर्देशक जयनारायण चौधरीले वताए ।

प्रत्येक दिन ४/५ जना स्वयं सेवकहरु सहजिकरण केन्द्रमा बसेर सेवाग्राहीहरुलाई सहयोग गर्ने गरेको चौधरीले जानकारी गराए । सहजिकरण केन्द्रका स्वयं सेवकहरु सबै उच्च शिक्षा अध्ययनरत छात्र छात्राहरु रहेका छन । कक्षा ११, १२ र स्नातक तह पढने छात्र छात्राहरुले अतिरिक्त क्रियाकलाप अन्तर्गत स्वयं सेवकको भुमिका निर्बाह गरेका हुन । सहजिकरण केन्द्रका स्वयं सेवकहरुलाई कार्यक्रम सहजिकरण गर्ने संस्थाले तालिम दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...