Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

संविधान दिवस कै दिन वीरगंजमा संविधानको प्रतिलिपी जलाइयो

spot_img
spot_img

वीरगंज । मधेशी जनअधिकार फोरमले शुक्रबार वीरगंजमा संविधानको प्रतिलिपि जलाएको छ । संविधान तथा राष्ट्रिय दिवसको दिन भाग्य नाथ गुप्ता नेतृत्वको मधेशी जनअधिकार फोरमले संविधानको प्रतिलिपी जलाएको हो ।

पार्टीका केन्द्रिय अध्यक्ष गुप्ता सहितका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुले वीरगंजको घण्टाघरमा कालो झण्डा सहित प्रदर्शन समेत गरेका हुन । कालो झन्डा सहित प्रदर्शनमा उत्रेकाहरु २०७२ मा जारी भएको संविधान खारेज गर, ओली सरकार मुर्दावाद, लालबाबु नेतृत्वको प्रदेश सरकार मुर्दावाद, जय मधेश, समग्र मधेश एक प्रदेश, मधेशी दलाल मुर्दावाद लगायतका नारा लगाउदै संविधानको प्रतिलिपी जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

थोरै संख्यामा रहेका फोरमका नेता तथा कार्यकर्ताहरुको हातबाट प्रहरी कालो झन्डा खोसी लखटेको थियो । संविधान तथा राष्ट्रय दिवसको अवसरमा जिल्ला समारोह समितिले आयोजना गरेको प्रभात फेरी वीरगंजको घण्टाघरबाट अगाडी बढे पछि फोरमका नेता तथा कार्यकर्ताहरु घण्टाघरमा पुगी प्रदर्शन गर्दै संविधानको प्रतिलिपी जलाएका थिए । त्यस लगतै पुगेको प्रहरीले हस्तक्षेप गर्दै बल प्रयोग गरी लखेटेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...