Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

सिकटा नदीमा डुबेर एक युवकको मृत्यु

spot_img
spot_img

वीरगंज । सिकटा नदीमा डुबेर भारतिय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार पश्चिमी चम्पारण बेलबनिया स्थाई घर भएका ३५ बर्षिय पिन्टु साह कलवार रहेको इलका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्ष चन्द्र सिंहले वताए ।

पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीको स्थित सुसुरालीको घरमा बस्दै आएका कलवारको माछा मार्ने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुडली स्थित रहेको सिकटा नदीको गडवानी घाटे किनारमा बुधबार विहान ८ बजे मृतक कलवारको शव फेला परेको थियो । घटना स्थल पुगेको प्रहरीले शवको मुचुलका उठाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...