Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

कानु हलुवाई समाज बाराद्वारा विभिन्न व्यक्ति सम्मानित

spot_img
spot_img

वीरगंज । कानु हलुवाई कान्दु मध्यदेशिय समाज नेपाल बाराले आज कलैयामा आयोजित एक कार्यक्रमका बिच ज्योतिष एवं धर्म शास्त्रका शोधकर्ता डाँ. रिषभ रेशुलाई सम्मानित गरेको छ । समाजको राष्ट्रिय एकता अभियान एवं आठौं केन्द्रिय बैठकको अवसरमा आयोजित कार्यक्रममा डाँ. रेशुलाई सम्मानित गरिएको हो ।

संस्थाले कानु समाजको प्रतिष्ठा देश बिदेशमा बढाएको तथा छोटो उमेरमा नै समाजको लागि महत्वपुर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको संस्थाका जिल्ला अध्यक्ष द्वारिका साह कानुले बताए । केन्दिय अध्यक्ष आर. बि साहको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा नाक कान र घाटी रोगका बिशेषज्ञय डा. अशोक कुमार गुप्ता लगायत उच्च ओहदामा बसी समाजलाई योगदान गर्ने बिभिन्न व्यक्तिहरुलाई पनि सम्मानित गरिएको थियो ।

वक्ताहरुले कानु सममजको नाममा खोलिएका जातिय संगठनहरुलाई एकिकरण गरि नयाँ सिराबाट अघि बढन सुझाव दिएका थिए । साथै जातिय एकता कायम गर्दै समाजबाट दाईजो प्रथा उन्मुलन गर्न प्रतिवद्धता व्यक्त गरेका थिए ।कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ज्वाला साह, पुर्व सांसद प्रमोद गुप्ता, कार्यक्रम संयोजक हरिनारायण साह, केन्द्रिय कोषाध्यक्ष रामाशिष साह कानु लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...