Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

संविधान दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी तथा कोण सभा

spot_img
spot_img

वीरगंज । संविधान तथा राष्ट्रिय दिवस २०७६ शुक्रबार देश भर जस्तै पर्सामा पनि भव्य रुपमा मनाइएको छ । संविधान दिवसको अवसरमा वीरगंजको घण्टाघरबाट निकालिएको प्रभातफेरी माईस्थान, महाविरस्थान, आदर्शनगर, अलखिया मठ, विर्ता, घडिहर्वा हुदै पुनः घण्टाघर नजिकै रहेको पार्कमा पुगी सभामा परिणत भएको थियो ।

सभामा वोल्दै वक्ताहरु समाजवादी पार्टी र राजपा सरकारमा सभागि भएर पनि संविधान दिवस नमनाएकोमा आलोचना गरे । सोही संविधान अनुसार बनेको संघ सरकारमा सहभागि र प्रदेश सरकारको नतृत्व गरेको समाजवादी संविधान दिवसमा केही पनि नगर्ने र प्रदेश सरकारमा सहभागि राजापाले कालो दिवस मनाउने कार्यलाई वक्ताहरुले नौटंकीको संज्ञा दिए ।

सबै देशले संविधान तथा राष्ट्रिय दिवस मनाउने गरेकोले नेपालीले पनि आजको दिनमा खुसियाली मनाउनु पर्ने र संविधान भएको कमिकमजोरीको बारेमा बहस गर्नु पर्ने वक्ताहरुको भनाई थियो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री सुरेन्द्र चौधरीले विश्व मापदण्डमा अधारित नेपालको संविधान रहेको वताए । संविधानको उपलब्धी नै एउटा मधेशीको छोरा रामबरण यादव राष्ट्रपति बनेको वताए । भोलीको दिनमा एउटा दलितको छोरा पनि प्रधानमन्त्री बन्न सक्ने संविधानको उपलब्धी भएको उनको भनाई थियो ।

उनले भने ‘संविधान नआएको भए मुलुक असफल राष्ट्रो रुपमा परिणत हुन्थ्यो र गृहयुद्ध हुने थियो’ । उनले संविधानमा केही पनि छैन भन्नेहरु त्यही संविधान अनुसार सपथ खाएर मन्त्री भई सुविधा भोगी भएको आरोप समेत लगाए । जातपातको राजनितिक बन्द गरी मधेशी, पहाडी सबै मिली राष्ट्रलाई समृद्ध बनाउन समय आएको उनको धाराणा थियो ।

नेकपाका पर्साका इन्चार्ज तथा संविधान सभा सदस्य रामचन्द्र साहले संविधानको मुलभुत कुरामा कसैको विरोध नरहेको वताए । संघियता, लोकतन्त्र र गणतन्त्रमा कसैको विरोध नरहेको वताउदै नेता साहले संसारको कुनै पनि दस्तावेज सबैलाई मान्य नभएको वताए ।

९० प्रतिशत जतिको समर्थनबाट बनेको संविधान अवश्यकता अनुसार संसोधन हुदै जाने उनको भनाई थियो । संविधान जारी भएको बेला जनतालाई भ्रममा पार्ने काम भएकोले अप्रिय घटना भएको र अहिले जनता बुझे पछि त्यसो नहुने वताए ।

जिल्ला समन्वय समिति पर्साका सह संयोजक ठाकुर प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत जनकपुर अस्थाई इजलाश वीरगंजका न्याधिश दिली राज अचार्य, नेकपा पर्साका अध्यक्ष प्रभु हाजरा, कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला समारोह समिति पर्साको आयोजनामा भएको कार्यक्रममा संविधान सभा सदस्य विचारी यादव, राजकुमार गुप्ता, प्रधुमन चौहान, जयप्रकाश थारु, रामेश्वर रौनियार, पर्सागढी नपाका मेयर लोक नारायण यादव, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायत विभिन्न कार्यालयका प्रमुख, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी नकपा तथा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, गैर सरकारी संस्थाका प्रतिनिनिधि, पत्रकारको सहभागिता रहेको थियो ।

समाजवादी पार्टी र राजपाका नेता तथा कार्यकर्ताहरुले कार्यक्रममा सहभागि भएका थिएन । राष्ट्रगानबाट सुरु भएको कार्यक्रममा एक मिनेट मौन धारण र सहिदहरुको फोटोमा माल्र्यापण समेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...