Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

घाँटी रेटिएको अवस्थामा फेला परेको शवको पहिचान

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ हांसवामा घाँटी रेटिएको अवस्थामा मंगलबार फेला परेको शवको आज सनाख्त भएको छ । फेला परेको शव भारत विहार पश्चिमी चम्पारण सिकटाको वडा नं. १० निवासी २७ बर्षिय संदिप कुमार केशरीको रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

हांसवास्थित पुल नजिकै खाल्डोमा फेला परेको शवको बुधबार विहान १० बजे पहिचान भएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए । मंगलबार विहान ११ बजे व्यवारीसे अवस्थामा स्थानियहरु शवलाई देखे पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटना स्थलमा पुगी शवको मुचुलका उठाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो ।

अहिले पनि शव नारायणी अस्पतालमा नै रहेको र इलाका प्रहरी कार्यालय पोखरियाले मृतकका बुआ, आमा सहितको आफन्तलाई आफ्नो गाडीबाट शव राखिएको ठाउँ नारायाणी अस्पताल वीरगंजमा पठाएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए । फेला परेको शव हत्या गरेर नै फालेको प्रहरीको प्रारम्भीक अनुसन्धान छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...