Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

संविधान दिवसको अवसरमा पर्सा कारागारबाट एक महिला सहित १२ जना कैदीहरु छुटे

spot_img
spot_img

प्रणय साह/वीरगंज ।

वीरगंज स्थित रहेको पर्सा कारागारवाट संविधान दिवस २०७६ को अवसरमा आज एक महिला सहित १२ जना केदीहरु छुटेका छन । सवारी ज्यान मुद्दाका बाराका अरुण चौधरी, सबुदीन मिया धोबी, मनोज राम, रौतहटका राम प्रवेश साह तेली, कुटपिट अंगभग मुद्दाका पर्साका हरिप्रसाद राउत, कर्तव्य ज्यान मुद्दाका अर्घाखाँचीका भुपेन्द्र परियार, रुपन्देहीका रवि परियार, कालु भन्ने सुरेन्द्र परियार, बाराकी सविता देवी साह, गर्भपतन मुद्दका बारा शिवजी प्रसाद कानु, ज्यान मार्ने उधोग मुद्दाका बाराका प्रमोद प्रसाद यादव र किरण विक छुटेका हुन ।

parsa karagar_kalikatimes

विभिन्न मुद्दामा पर्सा कारागारमा सजाय भुक्तान गरिरहेका १२ जना कैदीहरु संविधान दिवसको अवसरमा छुटेका कारागारका जेलर श्रवण कुमार पोखरेलले वताए । नेपालको संविधानको धारा २७६ मा माफी मिनाहा हुने व्यवस्था भए अनुसार ५० प्रतिशत कैद भुक्ता गरि सकेका विभिन्न मुद्दाका कैदी बन्दीहरुलाई राष्ट्रपतिको निर्णय अनुसार कैद मिनाहा भएको जेलर पोखरेलले वताए । संविधान दिवसको अवसरमा कैद मिनहा भएका कर्तव्य ज्यान मुद्दाका ४ जना, सवारी ज्यान मुद्दाका ४ जना, ज्यान मार्ने उधोगका २ जना, गर्भपतन मुद्दाका एक जना र कुटपिट अंगभंग मुद्दाका एक जनालाई जेलर पोखरेलले अविरको टिका लगाई छोडेका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...