26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

संकटको घडीमा स्टन्ट र यथार्त

महामारीकाे रूपमा फैलिएको कोरोना भाइरस (काेभिड १९) संक्रमणले सिंगो विश्व नै आक्रान्त छ । संसार भरिका देशहरू यो महामारीको प्रकोपबाट जुधिरहेका छन । यो भाइरसको संक्रमणले मानविय क्षतिकाे सूचाङ्कलाई तिब्र गतिमा बढाउदै लागेको छ । प्रविधि र आर्थिक रुपले अति सम्पन्न मुलुकहरु पनि यो संक्रमणको प्रकोपबाट अछुतो रहन नसकेको यथार्त हामी कसैको सामु लुकेको छैन । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न विभिन्न विकसित मुलुकहरूले नसकी रहेको अवस्था छ । बिश्वका शक्तिशाली राष्ट्र अमेरिका, इटली, स्पेन, ब्रिटेन, जर्मनी लगायतका मुलुकहरूको अवस्था दैनिय एवम दर्दनाक बनेको छ । साथै छिमेकी मुलुक भारतको अवस्था पनि उनीहरू भन्दा अलिक सामान्य भए पनि पूर्णत फरक छैन । यसरी विश्वभरी फैलिएको काेराेना संक्रमणकाे वैश्विक महामारीबाट हाम्रो मुलुक पनि अछुतो रहन सकेकाे छैन ।

दिन प्रति दिन हाम्रो मुलुकमा पनि संक्रमितको संख्या बढदै गएको छ । जटिलता र जोखिम पनि बढदै गएको छ । यो कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न परीक्षण र अनुसन्धान भई रहे पनि हाल एक मात्र उपायको खोज भएको छ । त्यो हो सामाजिक दूरी । त्यसैका तहद संघिय सरकारको निर्देशन र निर्णय अनुसार हामी सबै घर मै लकडाउनमा रहनु पर्ने अवस्था छ । तर यो संक्रमणसंग लडने एक मात्र निर्विकल्प गुरु योजना लकडाउन मात्रै होइन । यो संक्रमणसंग लडन संक्रमणबाट आउने संभावित जोखिम र खतराको बिरुद्ध पूर्ववत तैयारी पनि यस बिरुद्धको लडाईको एउटा कडी हो ।

खास गरी छिमेकी मुलुक भारतको खुला सिमाना संग जोडिएको हाम्रो मुलुक नेपालको तराईको भूभागमा यो काेभिड १९ संक्रमणको जोखिम उच्च देखिएको छ । पछिको घटना क्रम अनुसार वीरगञ्जमा ३ जना र राैतहटमा एक जना कोरोना संक्रमित पाेजेटिभ भेटिए पछि प्रदेश न. २ का पर्सा, बरा र रौतहट लगायतका जिल्लाहरुमा त्रास बढेर गएको यथार्थलाई यहाँको आम जनमानसमा सूचित गरिराख्नु पर्दैन होला । यसरी संक्रमणको प्रभावले सहज रूपले प्रसय पाइरहेको बेला विभिन्न तहको सरकारलाई मात्रै पर्खेर बस्नु हामी सबैको पर निर्भरता र निरिहताको प्रकासठा हुन जान्छ । यद्यपि यो लोकतान्त्रिक व्यवस्थाको जगमा उभिएको मुलुकमा हामी सबै सार्बभौम छौ हामी सबैको अधिकार सम्मान छ र दाइत्व सम्मान छ ।

हैसियत मात्रै फरक छ । कोई यो संकटको बेला अरु माथि निर्भर छ, कोई आत्मनिर्भर मात्रै छ भने कोई कोई थुप्रैलाई आश्रय दिन सक्ने हैसियतमा छन् । यी सबै वस्तुगत अवस्थाका बीच एक अर्काको विगत र वर्तमान दुवैलाई हाल थाती राखी मानव जीवनको जीवन्तताको भबिस्यलाई सुरक्षित गर्न एक जुट ता देखाउनु पर्ने बेला एकले अर्कालाई खुइल्याएको देखेर दिक्क लाग्यो ।

हिजो अस्ति मात्रै नेकपाका वीरगन्ज महानगर कमिटीका अध्यक्ष रहबार अंसारीले आफ्नो स्वामित्वमा रहेको गण्डक हस्पिटललाई कोरोना विशेष अस्पतालको लागि अस्थायी रूपमा नि:शुल्क स्थानिय सरकारलाई दिने घोषणा गरे लगतै देखी टिकाटिप्पणीले वीरगन्जको माहवाल तात्यो, सामाजिक संजाल र बिभिन्न संचार माध्यमहरुमा उनको व्यापक आलोचना देखि लिएर जयजयकार समेत भयो । आलोचना गर्नेहरूले उनको घोषणालाई सस्तो लोकप्रियता कमाउन खोजेको संज्ञा दिनुको साथै रकमी चलखेल हुन सक्ने संका पनि जताए । यद्यपि उनले गरेको घोषणा लगतै वीरगन्ज महानगरपालिकाले वीरगन्ज स्थित अस्पतालहरुलाई लक्षीत गरी काेभिड अस्पतालको लागि इच्छुक अस्पतालहरूलाई आफ्नो आर्थिक डिमान्ड सहित तीन दिन भित्र प्रस्तावना दर्ता गर्न बोल पत्र आहवान गर्यो तर रहबारले आफ्नो घोषणा मोताबिक नि:शुल्क रूपमै दिने गरी आफ्नो अस्पतालबाट प्रस्तावना दर्ता गराए बाहेक अरु कुनै पनि निजी अस्पतालले प्रस्तावना दर्ता गरेनन । अन्त गण्डक हस्पिटलाई काेराेना अस्पताल बनाउन वीरगंज महानगरपालिका र अस्पताल बिच समझाैता पनि भएकाे छ ।

यसबाट के प्रमाणित भयो भन्ने अन्य कुनै निजी अस्पताल काेभिड अस्पतालको लागि दिनै चाहेका थिएनन् भने रहवरले गरेको घोषणा राजनीतिक प्रोपागान्डा र सस्तो लोकप्रियताको लागि होइन । साचो अर्थमा रहवारको घोषणा समाज प्रतिको जिम्मेवारी बोध हो । रहबरले देखाएका अदम्य साहस र उनको उदारता प्रति च्याबसी दिनुको साथै उनको मनोबल उच्च राख्न हामी सबैको नैतिक कर्तब्य बन्छ ।

जे होस महानगरपालिकाले माग गरेको काेभिड अस्पतालको लागि नारायणी अस्पताल बाहेक वीरगञ्जमा छिट्टै अर्को पनि काेभिड बिशेष अस्पताल स्थापना हुने भएकाे छ । यसबाट संभावित जोखिम एवम खतराबाट जोगिन र महामारी विरुद्धको लडाईमा एउटा नयां आयाम थपिएकाे छ । साथै भोजपुरीमा एउटा उखान छ  “चोरवा के मन बसे कोकरी के खेतमे” जस्तै सबै पहल, प्रयास र घोषणालाई स्टन्टको रूपमा देखने यो कुप्रचरबाजी खेल भित्रको गुमनाम पात्रको लागि यो नयाँ पाठ पनि बनेको छ । संचार जगतको अग्र भागमा सधै आफु नै रहनु पर्ने मानसिकताबाट ग्रसित ती पात्रलाई यो संकटको बेला जनताको लागि गर्नु पर्ने थुप्रै कामहरू थाती रहेको हुनाले, बरु जनताका जीवन जीविकासंग जोडिएका अन्य रचनात्मक काम हरुमा ऊर्जा खर्च गरी संचार जगतको अग्रभागमा रहनु नै बेश होला । अब अनावश्यक तनाव लीनुको अर्थ छैन ।

रहयो कुरा अहिलेको परिवेशको भने सिंगो विश्व नै संकटमा छ । यो बेला राजनीतिक प्रोपागान्डा गर्ने अनि सस्तो लोकप्रयताका कमाउने बेला होइन । यो महामारी माथि विजय प्राप्त गरी सके पछि राजनीतिक प्रोपागान्डा र स्वस्थ प्रतिस्पर्धा गर्दै गरौला तर हालको प्रस्थितीको संवेदनशीलतालाई मध्य नजर गर्दै विगतमा जसरी हाम्रो मुलुकमा आएको विभिन्न प्राकृतिक आपदमा एकले अर्कालाई सहयोग गरेको सुखद इतिहासले सु सजित नेपाली समाजमा अझै निखार ल्याउन पहल गर्न जरुरी छ ।

हुने खानेहरुले आफ्ना छर छिमेकमा रहेका दैनिक ज्यालादारी गरी जिउको पार्जन गर्नेहरूको अभावलाई खोतल्दै आवश्यक सहयोग गर्ने र आम राजनीतिक कार्यकर्ताहरुले आफु रहेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई यो संकटको घडीमा यो महामारीसंग लडन इमान्दार प्रयत्नका लागि रचनात्मक सहयोग गर्नु नै अहिलेको मूलभूत आवश्यकता देखिन्छ ।

वृजलाल पासवान
केन्द्रिय सदस्य
प्रेस संगठन नेपाल

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

कालिका टाईम्स
SQL requests:217. Generation time:4.426 sec. Memory consumption:81.75 mb