Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वडाध्यक्ष अहिरले गल्ती स्विकार गरेपछि बिन्दवासिनीकाे विवाद साम्य

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई दुव्र्यवहार गर्ने वडाध्यक्षले गल्ती स्विकार गरे पछि विवाद साम्य भएकाे छ ।

निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह राैनियारलाई दुव्र्यवहार गर्ने वडा नं. ५ का वडाध्यक्ष सुकदेव राउत अहिरले गल्ती स्विकार गर्दै अब देखी यस्ताे गल्ती नदाेहाेरिने लिखित सहमति जनाए पछि विवाद साम्य भएकाे हाे ।

दुव्र्यवहारकाे विरुद्धमा फागुन ८ गते देखी नै बिन्दवासिनी गाउँ कार्यपालिकाकाे कार्यालय बन्द गरि त्यहाँका कर्मचारीहरु आन्दाेलित थिए । आज जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे दुईपक्षिय छलफलमा लिखित सहमति भए पछि भाेली देखी कर्मचारीहरु काममा समेत फर्कने भएका छन् ।

वाेर्ड बैठककाे बिषयलाई लिएर फागुन ७ गते गाउँ कार्यापालिका कै कार्यालय बहुअर्वा भाठामा वडाध्यक्ष अहिरले प्रशासकिय अधिकृत राैनियारलाई दुव्र्यवहार गरेका थिए । त्यस लगतै त्यहाँका कर्मचारीहरु वडाध्यक्ष अहिर माथी कारवाहीकाे माग गर्दै गाउँपालिका कार्यालय नै बन्द गरी आन्दाेलित भएका थिए ।

जिल्ला प्रहरी कार्यालयमा भएका दुईपक्षिय छलफलमा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, वडाध्यक्ष अनुज चाैरसिया, सागिर मियाँ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...