Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

spot_img
spot_img

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

प्रगतिशील दलित कृषक समूह वीरगञ्ज–२७ को आयोजना तथा डिजिम नेपालको सहयोगमा सञ्चालित तालिमको उद्घाटन वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मीले गरेका हुन्।

समूहका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा साना किसान ऋण सहकारी संस्था उदयपुर घुर्मीका अध्यक्ष वीरेन्द्र कर्ण, नेकपा एमालेका नेता मनोज कुशवाहा, स्थानीय समाजसेवी रामनरेश यादव, शम्भु पासवान, समूहका सचिव राजकेश्वर पासवान, सदस्यहरू रमेशर हजरा र जयराम पासवान तथा वडा सदस्य प्रमोद कुशवाहालगायतको उपस्थिति थियो।

कार्यक्रममा तालिमका प्रशिक्षक इन्दु कुमारी कर्ण र संस्थाका सहयोगी बृजलाल पासवानले पनि मन्तव्य व्यक्त गरेका थिए।

प्रशिक्षक इन्दु कर्णका अनुसार तालिम लगातार १५ दिनसम्म सञ्चालन हुनेछ। तालिममा २७ जना सहभागी रहनेछन्।

तालिममार्फत सहभागीहरूलाई दुनाटपरी बनाउने व्यावहारिक सीप प्रदान गरिनेछ। यसबाट स्थानीयस्तरमै साना उद्यम सञ्चालन गरी आयआर्जन बढाउन तथा आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...