Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

spot_img
spot_img

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले बुधबार महानगरपालिकासँग आर्थिक विवरण उपलब्ध गराउन माग गरेको हो ।

टोलीले महानगरपालिकाको हालसम्मको आर्थिक अवस्था, आय–व्यय विवरण, सञ्चित कोष तथा बैंक मौज्दात, आन्तरिक राजस्व, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानलगायतका विषयमा प्रमाणित विवरण माग गरेको छ ।

त्यसैगरी, महानगरपालिकाको विकास तथा पुँजीगत खर्च, भुक्तानी दिन बाँकी दायित्व र लेखापरीक्षण प्रतिवेदनसम्बन्धी विवरणसमेत उपलब्ध गराउन टोलीले माग गरेको जनाएको छ ।

सार्वजनिक बजेट तथा नागरिकबाट संकलित करको रकम पारदर्शी र प्रभावकारी रूपमा उपयोग हुनुपर्नेमा जोड दिँदै जेन जि पर्साले महानगरपालिकाको वास्तविक आर्थिक अवस्था नागरिकसमक्ष स्पष्ट हुनुपर्ने बताएको छ ।

सार्वजनिक खर्चको पारदर्शिता, सुशासन र नागरिकप्रतिको जवाफदेहिता सुनिश्चित गर्न आर्थिक विवरण सार्वजनिक हुनु आवश्यक रहेको टोलीको भनाइ छ ।

जेन जि पर्साले सुशासन, आर्थिक पारदर्शिता र सार्वजनिक जवाफदेहिताका लागि आफ्नो निगरानी तथा खबरदारीलाई निरन्तरता दिने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...