Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

spot_img
spot_img

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मृत्यु हुने सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका छन् ।

मङ्गलबार साँझ करिब ८:३० बजे छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै गरेका करिब १५ देखि २० जना बालबालिका सवार डुङ्गा पल्टिएर दुर्घटना भएको उहाँले बताउनुभयो ।

पत्रकारहरूसँग कुरा गर्दै जिल्ला मजिस्ट्रेट सिंहले घटनालाई अत्यन्त दुःखद् बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएका सात जनालाई उपचारका लागि एनएमसीएच लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको छ ।

उहाँले घटनास्थलमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को टोली परिचालन गरिएको तथा स्थानीय गोताखोरको सहयोगमा उद्धार कार्य भइरहेको जानकारी दिनुभयो । दुर्घटनामा १३ जना बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै उहाँले मृतक सबै १५ वर्ष वा सोभन्दा कम उमेरका रहेको बताउनुभयो ।

दुर्घटनापछि बेपत्ता भएका अन्य व्यक्तिको खोजी गर्न उद्धार टोली परिचालन गरिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा बालबालिकाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले प्रभावितलाई स्थानीय प्रशासनले सहयोग गरिरहेको पनि उल्लेख गर्नुभएको छ ।

यसैगरी, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...