Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

spot_img
spot_img

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

पूर्व सहरी विकासमन्त्रीसमेत रहेका साहले अनलाइन ठेक्का प्रणाली रोक्दै पुरानै कागजी प्रक्रियामा फर्किने सरकारी कदमलाई कुनै पनि हालतमा उचित मान्न नसकिने बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो निर्णयले सुशासन र पारदर्शितामाथि प्रश्न उठाएको टिप्पणी गरेका हुन् ।

आजको डिजिटल प्रविधिको युगमा पारदर्शी अनलाइन खरिद प्रणालीलाई थाती राखेर परम्परागत कागजी प्रक्रिया अपनाउनु सुशासनको उपहास भएको साहको भनाइ छ । उनले कागजी प्रक्रियाले सार्वजनिक खरिदमा अपारदर्शिता बढाउने, ठेकेदारबीच मिलेमतो (कार्टेलिङ) हुने र राज्यकोषमा ठूलो आर्थिक नोक्सानी पुग्ने जोखिम रहेको बताएका छन् ।

साहले विद्युतीय प्रणालीमार्फत प्रतिस्पर्धा हुँदा विगतमा औसतमा २० देखि ३० प्रतिशतसम्म कम मूल्यमा ठेक्का लाग्ने गरेको दाबी गरेका छन् । तर, अहिले कागजी प्रक्रियाबाट ठेक्का लगाउँदा औसतमा ५ देखि ७ प्रतिशत मात्रै कम मूल्यमा ठेक्का लागिरहेको उनको भनाइ छ ।

‘यसबाट राज्यकोषमा भइरहेको अर्बौंको सम्भावित नोक्सानीको जिम्मेवारी कसले लिने? के यही हो सुशासन? कदापि होइन,’ साहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्दा ठूला ठेकेदारको मनोमानी बढ्न सक्ने र त्यसबाट कर्मचारी, मन्त्री तथा बिचौलियाहरू लाभान्वित हुने अवस्था सिर्जना हुन सक्ने आशंकासमेत व्यक्त गरेका छन् ।

सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र मितव्ययी बनाउन हार्डकपीमार्फत ठेकेदार छनोट गर्ने कार्य तत्काल रोक्न साहले माग गरेका छन् । प्राविधिक समस्या वा सुरक्षा जोखिम भए त्यसको उचित समाधान खोज्दै विद्युतीय खरिद प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन उनले नेपाल सरकार, सार्वजनिक खरिद अनुगमन कार्यालय तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनले सरकारको निर्णयका कारण राज्यकोषमा हुन सक्ने सम्भावित आर्थिक नोक्सानीको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...