Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

बिन्दवासिनीका प्रशासकिय अधिकृत राैनियारमाथी दुव्र्यवहार

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारमाथी दुव्र्यवहार भएकाे छ ।

गाउँ कार्यपालिका कै कार्यालय बहुअर्वाभाठ्ठामा वडा नं. ५ का वडाध्यक्ष सुकदेव राउत अहिरले अधिकृत राैनियारलाई दुव्र्यवहार गर्नुकाे साथै हातपात समेत गरेका हुन् । बाेर्ड बैठककाे बिषयलाई लिएर वडाध्यक्ष अहिरले गाली गलाैज गर्दै दुव्र्यवहार गरेकाे अधिकृत राैनियारले स्विकार गरे ।

उनले भने “आइतबार बाेर्ड बैठक बसेकाे थियाे, उंहाले साे बाेर्ड बैठकमा सहभागि हुनु भएकाे थिएन । तर एकासी बुधबार कार्यालयमा आएर गाली गलाैज गर्दै कुटपिट गर्ने धम्की समेत दिनु भएकाे छ ।”

साे बिषयमा आफुले पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीलाई समेत माैखिक जानकारी गराईसकेकाे उनले वताए ।

यता वडाध्यक्ष अहिरले आफुले हातपात नगरेकाे वताउदै वाेर्ड बैठककाे बिषयमा भनाभन मात्र भएकाे वताएका छन् । उनले भने “आइतबारकाे बाेर्ड बैठककाे बिषयमा आफु सहित ५ जना वाेर्ड सदस्यलाई जानकारी छैन् र चिठी समेत पाएका छैनाैं । साेही बिषयमा प्रमुख प्रशासकिय अधिकृत राैनियारसंग साेधपुछ गर्न पुग्दा भनाभन मात्र भएकाे हाे ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...