Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

spot_img
spot_img

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट वितरण गरिने बताएका छन्।

शुक्रबार राति वीरगञ्जस्थित क्लासिक बैंक्वेटमा आयोजित बडादसैँको शुभकामना आदानप्रदान तथा टीका कार्यक्रममा बोल्दै पन्तले नातेदार, आफन्त वा पार्टीका नेताहरूसँगको निकटताका आधारमा कसैले पनि टिकट नपाउने स्पष्ट पारे।

पार्टीको ‘हामी आउँदैछौँ’ अभियानलाई जोड्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्न उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा अघि सारिएको जानकारी दिए। यस प्रक्रियाबाट प्रशिक्षित, परीक्षित र योग्य व्यक्तिहरूले मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने अवसर पाउने उनको भनाइ थियो।

“कोही जिल्ला सभापतिको नजिक भएकै आधारमा, प्रदेश सभापतिसँग निकट सम्बन्ध भएकै कारण वा कुनै माननीयको नातेदार भएकै भरमा टिकट पाउने अवस्था हुँदैन,” पन्तले भने, “त्यसैले योग्य व्यक्तिहरूले विचलित हुनुपर्ने अवस्था छैन।”

उनले पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र विधिसम्मत बनाइने उल्लेख गर्दै संगठनमा सक्रिय तथा सक्षम व्यक्तिहरूले निर्धारित प्रक्रियाअनुसार अवसर पाउने बताए।

पन्तको भनाइले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका क्रममा व्यक्तिगत सम्बन्धभन्दा पार्टीको निर्धारित विधि, योग्यता र समावेशितालाई प्राथमिकता दिइने रास्वपाको तयारीलाई संकेत गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...

पर्सामा एमालेका पूर्व गाविस अध्यक्षसहित सयौँ कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा नेकपा (एमाले) परित्याग गरी पूर्व गाविस अध्यक्ष गौरिशंकर प्रसाद साह कानु र उनका छोरा सन्दीप साह कानुसहित सयौँ अगुवा...