वीरगञ्ज । सहिद कमरेड मुकेश कुमार चौरसियाको छैटौँ स्मृति सभा शनिबार सम्पन्न भएको छ। सहिद मुकेश कुमार चौरसिया स्मृति प्रतिष्ठानकी अध्यक्ष सुनिता चौरसियाको अध्यक्षतामा आयोजित सभामा उहाँको योगदानको चर्चा गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा सङ्घीय सांसद मातृका प्रसाद यादव, विशिष्ट अतिथि भाषा आयोगका पूर्वअध्यक्ष डा. गोपाल ठाकुर, नेपाली कम्युनिस्ट पार्टी पर्साका इन्चार्ज पीएल श्रेष्ठलगायतले चौरसियाको योगदानबारे धारणा राखेका थिए।
सभालाई सम्बोधन गर्दै नेता यादवले पार्टीका नेता तथा कार्यकर्ताले जनताको बीचमा पुगेर मात्र नभई जनतासँगै बसेर उनीहरूका समस्या समाधान गर्नुपर्ने बताए। विभिन्न कालखण्डमा भएका आन्दोलनबाट परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले अहिले पनि संघर्षको आवश्यकता रहेको धारणा व्यक्त गरे।









Super easy to deposit and withdraw. The process is straightforward and doesn’t have any hidden catches. Really happy with phjilicash