Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

spot_img
spot_img

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–४ भरतपुरका ३५ वर्षीय उमेश यादवले ३० वर्षीया श्रीमती रीनादेवी यादवको हत्या गरेका हुन्। त्यसपछि उनी ससुराली घरबाट करिब एक किलोमिटर टाढा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

प्रहरीका अनुसार उमेश केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। त्यसयता श्रीमान्–श्रीमतीबीच निरन्तर विवाद हुँदै आएको थियो। विवादकै कारण रीनादेवी डेढ महिनाअघि चार वर्षीय छोरालाई लिएर माइतीघरमा बस्दै आएकी थिइन्।

शनिबार साँझ उमेश ससुराली पुगेका थिए। मध्यरातमा पुनः विवाद भएपछि उनले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

घटनामा उनीहरूका चार वर्षीय छोरा पनि धारिलो हतियार प्रहारबाट घाइते भएका छन्। बालकको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...

मुकेश चौरसियाको छैटौँ स्मृति सभा सम्पन्न

वीरगञ्ज । सहिद कमरेड मुकेश कुमार चौरसियाको छैटौँ स्मृति सभा शनिबार सम्पन्न भएको छ। सहिद मुकेश कुमार चौरसिया स्मृति प्रतिष्ठानकी अध्यक्ष सुनिता चौरसियाको अध्यक्षतामा...