राजपा नेपाल र नेकपा बिच राष्ट्रिय सभा निर्वाचनकाे लागि दुई बुंदे सम्झाैता भए लगतै समाजवादी पार्टी संघ सरकारबाट बाहिरिएकाे छ । समाजवादी सरकारबाट बाहिरिए पछि राजपा सरकारमा सामिल हुन लागेकाे हाे भने खुब चर्चा छ । त्यसका साथै समाजवादी पार्टी नेतृत्वमा रहेकाे प्रदेश २ सरकार परिवर्तन हुन लागेकाे हाे भने पनि चर्चा छ ।
अक्राे तिर वीरगंजकाे पानीटंकी स्थित भ्रखर संचालनमा आएकाे प्रभु अस्पतालमा एकै दिन अप्रेशन भएका २ महिलाकाे मृत्यु भएकाे छ । अस्पतालकी डा. लक्ष्मी थापकाे लापरवाहीले मृत्यु भएकाे पिडितहरुले वताइरहदा हाल सम्म सम्बन्धीत निकायबाट कुनै किसिमको छानविन अगाडी बढन सकेकाे छैन् ।
साेही बिषयमा केन्द्रित रहेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवं पर्साका अध्यक्ष समेत रहेका वीरगंजका चर्चीत युवा नेता राजेशमान सिंह संग सहकर्मी दिपेन्द्र यादवकाे सहयाेगमा अनिल साहले गर्नु भएकाे कुराकानी भिडियाेमा