24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जिल्ला परियाेजना सल्लाहकार समितिकाे बैठक सम्पन्न

dyc meeting_kalikatimes
बैठकमा आफ्नाे भनाई राख्दै जिल्ला समन्वय अधिकारी देवनाथ यादव । तस्बिर : कालिका टाईम्स

वीरगंज । जिल्ला परियाेजना सल्लाहकार समितिकाे बैठक आज वीरगंजमा सम्पन्न भएकाे छ । एक्सनएड आईरिशएडकाे सहयाेमा दिव्य युवा क्लबद्वारा संचालित महिला अधिकार कार्यक्रम अन्तर्गतकाे समुन्नती परियाेजनाकाे जिल्ला सल्लाहकार समितिकाे बैठक सम्पन्न भएकाे हाे ।

जिल्ला समन्वय समिति पर्साका संयाेजक नेकमहमद अंसारीकाे अध्यक्षता बसेकाे बैठकमा परियाेजना बारे प्रस्तुती कलबका कार्यकारी निर्देशक रामकान्त पटेलले गरेका थिए । प्रस्तुती गर्दै निर्देशक पटेलले संस्थाले संचालन गरेकाे परियाेजना अन्तर्गत गठन भएका समुहमा आवद्ध किशाेर किशाेरीहरुले सानै उमेरमा विवाहकाे विरुद्धमा प्रतिकार  गर्न सुरु गरेकाे वताए ।

उनले किशाेरी समुहरुकाे पहलमा २ ओटा बाल विवाह राेकिएकाे समेत वताए । पर्साकाे पाेखरिया नगरपालिकाकाे वडा नं. ८ मन्नपुरमा २ वटा हुन लागेकाे वालविवाह राेकिएकाे वताए ।

कार्यक्रम अन्तर्गत नै पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाे ५ वटै वडाहरुमा दलित समुदायकाे शिक्षामा पहुँच बढाउनकाे लागि सिकाई केन्द्र संचालनमा आएकाे वताए । सिकाई केन्द्र संचालनबाट २ सय २५ जना बालबालिकाहरु निरन्तर रुपमा विद्यालय जान थालेकाे निर्देशक पटेलकाे भनाई थियाे ।

prastuti_kalikatimes
बैठकमा परियाेजना बारे प्रस्तुती राख्दै दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल । तस्बिर : कालिका टाईम्स

कार्यक्रममा वाेल्दै जिल्ला समन्वय अधिकारी देवनाथ यादवले कार्यक्रमकाे दिगाेपनाकाे लागि स्थानिय तह संग जाेडन जरुरी रहेकाे वताए । उनले परियाेजनाकाे निरन्तरता र प्रभावकारिताकाे लागि स्थानिय तह संग जाेड्न जरुरी रहेकाे धारणा राखे ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले गैर सरकारी संस्थाहरुले संचालन गरेकाे कार्यक्रमहरु पनि स्थानिय तहकाे याेजना तथा कार्यक्रमहरुमा समावेश गर्नु पर्ने वताए । यसका साथै परियाेजना अन्तर्गतका किशाेरी समुहका अभिभावकहरु संग पनि बालविवाह तथा शिक्षा सम्बन्धमा अन्तरक्रिया तथा छलफल गर्नु पर्ने उनकाे भनाई थियाे ।

जिल्ला समन्वय समिति पर्सामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समितिका सह संयाेजक ठाकुर प्रसाद न्याैपाने, प्रेम कुमारी सिंह, अमाेद प्रसाद यादव, सुरेश राम, असलम अंसारी लगायतकाकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन परियाेजनाकी कार्यक्रम संयाेजक काेपिला चाैलागाई साहले गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.310 sec. Memory consumption:81.43 mb