23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ड्राईभिङ्ग संघ प्रदेश २ साहको अध्यक्षमा १३ सदस्यीय गठन

वीरगंज । ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश नम्बर २ को अध्यक्षमा वीरगंजका अकलेश साह चयन भएका छन् । वीरगंमा सम्पन्न संघको भेलाले साहको अध्यक्षतामा १३ सदसीय समिती गठन गरेको छ । साह सुर्य ड्राईभिङ्ग ट्रेनिङग सेन्टर वीरगंजका संचालक हुन ।

नव गठित संघको प्रथम उपाध्यक्षमा ईन्द्रेश झा, उपाध्यक्षमा गौरव क्षेत्रि, सचिवमा दिलिप कुमार दास, कोषाध्यक्षमा दिपनारायण साह, सह सचिवमा जयप्रकाश झा, सदस्यमा सरोज कुमार महतो,दिनेश कुमार यादव, रामानन्द यादव, गंगा देवी लामा,उत्तम कुमार लामा, रमेश प्रसाद देवकोटा रहेका छन ।

अन्य पदमा सर्व सहमति भएपनि अध्यक्ष पदका लागि गोलाप्रथा भएको थियो । गोला प्रथाबाट साह अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

ड्राईभिङग संघको केन्द्रिय सदस्य अकलेश साहको अध्यक्षतामा भएको भेलाको उद्घाटन कार्यक्रममा यातायात कार्यालय वीरगंजका प्रमुख सुनिल कुमार साह, स्कुल संघ नेपालका केन्द्रिय महासचिव उमेश सिके, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, वीरगंज नगर अध्यक्ष रहवर अंसारी, नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेल, स्कुल संघका पुर्व केन्द्रिय सदस्य अमृत विश्वकर्मा, ट्राफिक प्रहरी निरिक्षक कमलराज पंरित लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वीरगंज दरवार होटलमा भएको कार्यक्रममा स्वागत मन्तव्य स्कुल संघका केन्द्रिय सदस्य बिमल अधिकारीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.510 sec. Memory consumption:81.42 mb