23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउँदा आमाको मृत्यु

वीरगन्ज । तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउँदा वीरगन्जमा आमाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । पर्साको वीरगन्ज महानगरपालिका २४ बहुअरीका जगदीश प्रसाद कुर्मीकी श्रीमती राधिका देवीले सोमबार बेलुकी तरकारीमा विष हाली आफू र आफ्नो परिवारका सदस्यलाई खुवाउँदा राधिकाको ज्यान गएको हो ।

विष प्रयोगबाट गम्भीर घाइते भएकी राधिकालाई उपचारको लागि राति नै वीरगन्जको तराई अस्पतालमा ल्याएको थियो । तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी विष प्रयोग गरिएको तरकारी खाँदा राधिकाको तीन वर्षीय छोरा विवेक प्रसाद कुर्मी, जगदीशका जेठी श्रीमतीका तीन छोरा र एक छोरी समेत गम्भीर घाइते भएका छन् ।

घाइते उनीहरुको तराई अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्जको नेशनल मेडिकल कलेजको आईसियू कक्षमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा जेठी श्रीमतीका २० वर्षीय छोरा राकेश कुर्मी, १९ वर्षीय विकास कुर्मी, १७ वर्षीय मानसा पटेल र १६ वर्षीय विशाल पटेल रहेका छन् ।

उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएको छ । गहुँमा किरा मार्न प्रयोग गरिने अल्मुनियम फस्फेट नामक विषादी प्रयोग गरेको चिकित्सकले जनाएको छ ।

मृतक राधिकाको शव परीक्षणको लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको पर्साको प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताए ।

बिहानको खाना कसले पकाउने विषयमा राधिका र सौतेनी पट्टीकी छोरी मानसीबीच झगडा हुँदा घटना निम्तिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.903 sec. Memory consumption:81.42 mb