23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

किशोरी मैत्री समाज निर्माणको लागि स्थानिय निकाय संग अन्तरक्रिया

kishori maitrai samaj nirman_kalikatimes
बाल तथा किशाेरी मैत्री समाज निर्माणकाे लागि आयाेजित अन्तरक्रिया कार्यक्रम । तस्बिर : प्रणय साह

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. २९ मुसैलीमा आज बाल तथा किशोरी मैत्री समाज निर्माणको लागि स्थनिय निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किशोरी सशक्तिकरणका लागि संवाद कार्यक्रम अन्तर्गत नेपाल ग्रामीण पुनर्निमाण संस्था (आर.आर.एन)को आयोजनामा वडा कार्यलयमा भएकाे कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वाेल्दै वडा अध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारुले वडालाई पूर्ण बाल ताथा किशोरी मैत्री बनाउने उदेश्य रहेको वताए ।पछिलो वर्षमा बाल तथा किशोरीका लागि छुटियाईएको बजेटमा बाल तथा किशोरीलाई समाबेस नगरेको भएता पनि अगामी बजेट विनोयोजनको अवस्थामा बालबालिका तथा किशोरी सहभागी गराई बजेट विनोयोजन गरीने बताए ।

उनले किशोरी सशक्तिकरणका लागि संवाद कार्यक्रमले सो क्षेत्रमा बस्दै आएका किशोरीहरु आत्मनिर्भर तथा शिक्षा तर्फ अक्रष्ण बढेकाे वताए । सो वडाका स्वास्थ्य चौकीका प्रमुख इन्द्रा क्षेत्रीले चिसो समयमा बाल तथा किशोरीहरुमा देखिने स्वास्थ्य समस्या बारे कसरी सुरक्षीत रहने विषयमा प्रकाश परेकी थिइन् ।

यूरोपीएन युनिएनको सहयोग र चाईड नेपालको सहकार्यमा संचालित किशाेरी संवाद कार्यक्रम अन्तर्गत भएकाे कार्यक्रममा  स्वागत मन्तव्य इन्दु गुप्ताले गरेकी थिइन भने कार्यक्रम बारे प्रस्तुती प्रकाश पाण्डेले गरेका थिए । किशोरी सशक्तिकरणका लागि संवाद वडा २९ की संयाेजक छठी कुमारी मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा  १८ जनाको सहभागी रहेको कार्यक्रमका सुपरभाइजर सुनेश्वर प्रसाद साहले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.642 sec. Memory consumption:81.42 mb