27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

लैङ्गिक समानता प्रवर्धनका लागि छलफल कार्यक्रम सम्पन्न

langin prabardhan ka lagi chhalphal_kalikatimes

वीरगंज । लैङ्गिक समानता प्रवर्धनका लागि सामुदायिक अङ्कपत्र विषयक छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल युवा संस्था सन्जाल (आयोन) को आयोजनामा वीरगंज स्थित होटल कुमु प्यालेसमा भएकाे कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका ८, १५ र १६ नम्बर वडालाई समावेश गरी तिन वडाका सरोकारवला, मुख्य सहजकर्ता र युवाहरु विच छलफल गरीएको हो । युवाहरुले आफ्नो वडामा भएका लैङ्गिक समस्याको विषयमा छलफल गरी कसरी समाधान हुने विषयमा चर्चा गरेका थिए ।

समस्याका विषयमा पहिला आफु बसेका समाज भित्र महिला र किशोरीहरु विरुद्ध हुने सबै प्रकारका भेदभाव, सार्वजनिक स्थानमा महिला र किशोरी माथि हुने यौन शोषण, मानव वेचविखन तथा हिंसा अन्त्य कसरी गर्नेमा छलफल गरेका थिए ।

सामाधानमा समाज पहिला शिक्षा जरुरी रहेको, कानुनको कार्यन्वयन गर्नु पर्ने, महिलालाई आत्मानिर्भर बनाउनु पर्ने, महिलालाई रोजगारीको अवसर, ठेकेदारी प्रथाको अन्त्य, युवा तथा किशोरहरुमा रोजगारीको अवसर, खुल्ला स्थानमा मादक, लागु औषध, गुटखा जस्ता पदार्थको विक्री वितरण बन्द गर्ने र जनचेतनाको विकास हुनु पर्ने प्रस्तुत गरेका थिए ।

भिस्ओको सहयोगमा भएको कार्यक्रममा नेपाल युवा संस्था सन्जाल(आयोन)का केन्द्रीय कार्य समिति सदस्य चन्दन साहको उपस्थती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.126 sec. Memory consumption:81.41 mb