23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

जगदम्बा सिमेन्टकाे गैर जिम्मेवारीपन

jagdamba_kalikatimes
जगदम्बाले हेल्मेट वितरण गर्ने क्रममा निस्केकाे प्लास्टिक र पुरानाे हेल्मेट छाेडेर हिडे पछि देखिएकाे फाेहर । तस्बिर : कालिका टाइम्स

बीरगंज । श्री जगदम्बा सिमेन्ट मिल्स प्रालिले वीरगन्ज स्थित घण्टाघर चौकमा शनिबार मोटरसाईकल चालकहरुलाई हेल्मेट बितरण गर्ने क्रममा गैर जिम्मेवारीपन देखाएकाे छ ।

जगदम्बाका निर्देशक राजेश अग्रवाल सहितका कर्मचारीहरुले हेल्मेट वितरण गर्ने क्रममा घण्टाघरमा भएकाे फाेहर जस्ताकाे त्यस्तै छाेडेर हिडेका छन् । नयाँ हेल्मेटबाट निस्केकाे सम्पूर्ण पलास्टिकहरु र पूराना फुटेका हेम्लेटहरु घण्टाघर चाेक मै छाेडेर हिडेका हुन् ।

घण्टाघरमा साे प्लास्टिक र पुराना हेल्मेटका छाेडेर हिडेका कारण घण्टाघर अगाडी फाेहर देखिएकाे छ भने फाेहर सफा नगरेर जगदम्बाले गैरजिम्मेवारीपन देखाएकाे स्थानियहरुले वताएका छन् ।

jagdamaba siment_kalikatimes
हेल्मेट वितरण गर्ने क्रममा भएकाे भिड र सडक अवरुद्ध समेत भएकाे अवस्था । तस्बिर : कालिका टाइम्स

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जगदम्बाले पुराेनाे हेल्मेट लिई जगदम्बा लेखिएकाे नयाँ हेल्मेट प्रचारकाे लागि वितरण गरेको हो । घण्टाघरमा अव्यवस्थित तरिकाले हेल्मेट वितरण गरिएका कारण केही बेर सडक पनि अवरुद्ध भएकाे थियाे ।

जगदम्बाकाे हेल्मेट वितरण कार्यक्रमकाे उदघाटन वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले गरेका थिए । साे कार्यक्रममा २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.उ.गोग बहादुर पालकाे पनि उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:4.668 sec. Memory consumption:81.41 mb