27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

मंसिर २८ गते शनिबार वीरगंज लाइभ इपिसोड ३ हुने

वीरगंज । वातावरण जिउने आधार नामक संस्थाले यही मंसिर २८ गते वीरगंज लाइभ इपिसोड ३ गर्न गइरहेको छ ।

वीरगंजस्थित नगरसभा गृह  (Town hall) यही शनिबार वीरगंज लाइभ इपिसोड ३ मोटिभेसनल सेमिनार हुन गइरहेको आयोजक संस्थाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

सो मोटिभेसनल सेमिनार कार्यक्रममा डाटा संकलन गर्ने साउथ एसियाकै तेस्रो स्थानमा पर्ने संस्थाको सिइओ मनिष झा, काठमाण्डौंबाट मेयर पदमा चुनाव लडेकी युवा नेतृ रन्जु दर्शना, जनता जान्न चाहन्छ टिभी कार्यक्रमका संचालन गर्ने पत्रकार ऋषी धमला, वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्य, नेपाली कांग्रेसका पूर्व सांसद एवं उद्योग व्यवसायमा नाम कमाएका अनिल रुंगटा लगायतले मोटिझेट गर्ने आयोजक संस्थाले जानकारी दिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा भएकाे पत्रकार सम्मेलनमा कुनै किसिमको चन्दा संकलन नगरी तथा टिकट माक्रै बित्री वितरण गरेर कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रोहित वर्णवालले जानकारी गराए ।

कार्यत्रममा वातावरण जिउने आधार संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहान, पर्साका सचिव प्रभात सिंह, प्रोग्राम कोर्डिनेटर प्रभाकर गुप्ता, सह–सचिव दिपु वर्णवाल, सदस्यहरु आयुषराज वर्णवाल, मयंक रौनियार, शुशिला पौडेल, गरिमा र विकास चौहान लगायतको उफस्थिती रहेको थियो ।

त्यसैगरी आयोजक संस्थाले शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिने बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.295 sec. Memory consumption:81.41 mb