27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

जिवन उपयोगी सिप सम्बन्धि २० दिने अभिमुखिकरण सुरु

वीरगंज । युवालयको आयोजनामा आजबाट जिवन उपयोगी सिप तथा दिगो बिकास लक्ष्य सम्बन्धि २० दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

DKA Austria को सहयोगमा वीरगंज महानगरपालिकाको वडा नं १५ स्थीत नवदिप एकेडेमीको सभाहलमा वीरगन्ज महानगरपालिकाका बाल मैत्री सम्पर्क व्यक्ति मुकेश गुप्ताले बनाईनर पढि शुभारम्भ गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुप्ताले कुनैपनि व्यक्तिले दैनिक रुपमा आईपर्ने समस्याहरुलाई सजिलो र प्रभावकारी तरिकाले समाधान गर्नका लागि अग्रसर हुने क्षमताको विकास तथा सकारात्मक व्यवहार को प्रयोग गर्न सक्ने दक्षताको विकासनै जीवनउपयोगी सिप हो भन्ने कुरामा जोड दिए ।

साथै युवालय नामक संस्थाले बिगत दिनहरुबाटै वीरगंजका किशोरकिशोरीको चौतर्फी बिकासको लागि काम गर्दै आएको हुदा वीरगंज महानगरपालिका भित्रका किशोरकिशोरीको लागि एक दमै ठुलो अवसर रहेको बताए ।

गुप्ताले किशोर किशोरीहरुमा आइपर्ने विभिन्न किसिमका शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरु, दुर्वलता आदिका कारणहरु केलाउन र तिनको प्राथमिक रोकथाम गर्न अभिमुखिकरणले सहयोग पुर्याउने कुरामा जोड दिए ।

विधालयका प्रधानाध्यापिका शुसिला साहको अध्यक्षतामा भएको कार्यक्रममा युवालयका कार्यसमिति सदस्य जया साह , बिधालय संयोजक गिता साह, सहजकर्ता निशा गुप्ता , मुनि गुप्ता लगायत ३० जना किशोरकिशोरीहरुको सहभागिता रहेको युवालयका सहजकर्ता निशा गुप्ताले जानकारी दिईन् ।

यसै गरि यो अभिमुखिकरण आगमी महिनाको पौष ९ गतेबाट त्रैमासिक परिक्षा पछि अन्य पांच समुदायिक बिधालयहरूमा संचालन हुने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.611 sec. Memory consumption:81.42 mb