27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नारायणी सिचाईका हाकिम माेटाे पैसा कमाउने लाेभमा नियम विपरित काम गर्दै

narayani sinchai_kalikatimes
नारायणी सिचाई अन्तर्गतकाे बलक नं. ५ मा हुदै गरेकाे काम र कार्यालय प्रमुख साह । तस्बिर : कालिका टाईम्स

वीरगंज । नारायणी सिचाई डिभिजन कार्यालय वीरगंज, पर्साका कार्यालय प्रमुख राजिन्द्र साहले पैसकाे लाेभमा नियम विपरित काम गरि रहेकाे तथ्य फेला परेकाे छ ।

कार्यालय प्रमुख साहले माेटाे कमिशनकाे लाेभमा टेन्डरबाट गर्नु पर्ने काम उपभाेक्ता समितिलाई दिएर पैसा कमाउन लागि परेका छन् । नारायणी सिचाई बलक नं. ५ अन्तर्गतका नहर सफा विना टेन्डर बलक नं. २ का उपभाेक्ता समितिलाई दिएर काम गराउन थालेका हुन् ।

कार्यालय प्रमुख साहले बलक नं. २ का उपभाेक्ता समितिका अध्यक्ष कुशमी देबी संगकाे मिलाेमताेमा बलक नं. ५ सफा गराई माेटाे रकम कमाउन लागि परेका छन् । उपभाेक्ता समितिका अध्यक्ष कुशमी भए पनि सब करता धर्ता दिनेश कलवाहर रहेका छन् ।

विना टेन्डर काम गर्नु परेमा कार्यालयले आफै गर्नु पर्ने नियम भए पनि साे नियमकाे कार्यालय प्रमुख साहले खुल्याम धजिया उडाइरहेका छन् । नारायणी सिचाई डिभिजन कार्यालय वीरगंज, पर्सा संग २ वटा एसकाभेट हुदा हुदै पनि अन्य उपभाेक्ता समिति मार्फत काम गराउन थालेका हुन् ।

उपभाेक्त्ता समितिले सम्बन्धित बलकमा काम गर्नु पर्नेमा अन्य बलकमा काम गर्नु नै नियत गलत भएकाे सजिलै बुझन सकिन्छ । हाल  भइरहेकाे काम विना स्टिमेट भइरहेकाे समेत बुझिएकाे छ । साे सम्बन्धमा बुझन कार्यालय प्रमुख साह संग निजकाे माेबाइलमा सम्पर्क गर्न प्रयास गर्दा पनि फाेन नउठेका कारण हुन सकेन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.002 sec. Memory consumption:81.4 mb