27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

एकै दिन ३ ठाउँमा भएकाे कार्यक्रममा एक सय ४४ जनाद्वारा रत्तदान

rakdan karyakarm_kalikatimes

वीरगंज । पर्सा र बारा गरी शनिबार ३ ठाउँमा भएकाे रक्त्तदान कार्यक्रममा एक सय ४४ जनाले रक्त्तदान गरेका छन् । एकै दिन ३ ठाउँमा भएकाे रक्त्तदान कार्यक्रममा एक सय ४४ जनाले रक्त्तदान गरेकाे रक्त्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए ।

राइनो युवा क्लबले आयोजना गरेकाे रक्त्तदान कार्यक्रममा २ महिला सहित ६७ जना रक्तदान गरेका छन् । नेपाली कांग्रेस र बिरगंज महानगरपालिकाको सहयोगमा बिरगंज स्थित रेल्वे रोडमा रहेकाे रात्री कालिन स्कुलमा रक्त्तदान कार्यक्रम भएकाे थियाे । नेपाली कांग्रेसका क्षेत्रिय सभापति बिजय सरार्फकाे अध्यक्षता र नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेेदीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पूर्व सांसद अनिल रुङ्गटा, नेपाली कांग्रेसका नेता जनार्धन सिंह क्षेत्री, पर्साका सचिव श्याम पटेल, युवा नेता नविन सिंह, राकेश यादव, बद्रीनाथ तिवारी, रबिन्द्र ठाकुर, आयाेजक क्लबका अध्यक्ष राम प्रसाद गुप्ता लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

nepali congresh_kalikatimes

यस्तै नेपाल रेडक्र्स सोसाइटी पर्साको ५५ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेल, शैलेन्द्र कुमार चौरसिया, सिवानी श्रेष्ठ, राजिव गुप्ता, शिभव अर्याल, राजु स्वर्णकार, गङ्गा भट्टराई, आस्था तामाङ, असलोक सिंह लगायत ५ महिला सहित २१ जनाले रक्तदान गरेका थिए ।
blood donections3_kalikatimes
यस्तै बाराकाे प्रसाैनी गाउँपालिका वडा नं. ६ प्रस्टाेका बजारमा भएकाे रक्त्तदान कार्यक्रममा ५६ जनाले रक्त्तदान गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:3.116 sec. Memory consumption:81.44 mb