27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंज ड्राइपाेटमा बाटाे नै अरुद्ध गरी टायर बालेर प्रदर्शन

tayer balera pradarsan_kalikatimes
वीरगंज ड्राइपाेट अगाडीकाे मुख्य सडक अवरुद्ध गरी स्थािनयहरु प्रदर्शन गर्दैै । तस्बिर : कालिका टाईम्स

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसियाको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीबीचको रोक्का राखिएको जग्गा फुकुवाकाे मांग गर्दै आज बाटाे अवरुद्ध गरी टायर बालेर प्रदर्शन भएकाे छ ।

सुक्खा बन्दरगाह अगाडी वीरगंज-पाेखरिया सडक अवरुद्ध गरी स्थानियहरुले विहान ११:३० देखी १:३० सम्म टायर बालेर प्रदर्शन गरेका छन् । बन्दरगाह र एकीकृत जाँचचौकीबीचको राेक्का राखिएकाे ६२ बिघा जग्गाको फुकुवा गर्नु पर्ने अथवा उचित मुआवजा दिनु पर्ने माग राख्दै स्थानिय जग्गा धनीले प्रदर्शन गरेका हुन् ।

वीरगंज ड्राइपाेर्ट बस्ती अतिक्रमण विरुद्धकाे संघर्ष समितिकाे आयाेजनामा भएकाे प्रदर्शनका कारण लामाे तथा सानाे दुरीकाे चल्ने सम्पूर्ण सवारी साधनहरु २ घण्टा सम्म अवरुद्ध भएकाे थियाे ।

बाटाे अरुद्ध भए पछि लामवद्ध भएका ट्रक र बाटाे खुल्ने प्रतिक्षामा ट्रकका चालक । तस्बिर : कालिका टाईम्स

सो क्षेत्रको प्रति कट्ठा जग्गाको न्यूनतम २४ लाख देखि अधिकतम ६७ लाख रुपैयाँ सम्म मुआवजा दिने निर्णय सार्वजनिक भए पछि संघर्ष समितिले थप आन्दाेलनकाे कार्यक्रम घाेषण गर्दै बाटाे नै अवरुद्ध गरी प्रदर्शनमा उत्रेकाे हाे । राेक्का राखिएकाे जग्गा प्रति धुर ५ लाख देखी १५ लाख सम्म बिक्री हुने गरे ता पनि प्रति कठ्ठा २४ लाख देखी ६७ लाख सम्म मुअबजा दने निर्णय आफुहरुलाई मान्य नभएकाे संघर्ष समितिका संयाेजक अमिका प्रसाद पटेलले वताए । उनले भने हामी पहिला देखी नै राेक्का राखिएकाे जग्गा फुकुवाकाे मांग राख्दै आन्दाेलन गर्दै आएका थिए तर एकासी हामीलाई थाहे नदिकन मुअबजा निर्धारण गरिएकाे संचार माध्यमबाट थाह पाए पछि हामी एकासी बसी थप आन्दाेलनकाे कार्यक्रम घाेषण गरेका छाैं, उचित मुआवजाकाे निकास वा पुनर्वासको व्यवस्था नभए सम्म हाम्राे आन्दाेलन जारी रहनेछ ।

वीरगंज ड्राइपाेटमा टायर बालेर भएकाे प्रदर्शन । तस्बिर : कालिका टाईम्स

भाेली शुक्रबार फेरी ११ बजे देखी २ बजे सम्म सडक अवराेध गर्ने संघर्ष समितिकाे आन्दाेलनकाे कार्यक्रम रहेकाे छ । राेक्का राखिएकाे जग्गामा २ सय ९७ वटा घरहरु पनि रहेकाे संघर्ष समितिले जनाएकाे छ । साे जग्गामा बन्दरगाह बिस्तार गर्ने नेपाल सरकारकाे याेजना रहेकाे छ।

तीन वर्षदेखि राेका राखिएकाे जग्गा फुकुवा तथा मुआवजा वितरण हुन नसक्दा गाउँलेहरूले घरजग्गाको कारोबार तथा वित्तीय कारोबारसमेत गर्न पाएका छैनन् ।

बालिएकाे टायर प्रहरीलेे हटाउदै । तस्बिर : कालिका टाईम्स
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:5.726 sec. Memory consumption:81.43 mb