30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्साका सिडियाे र एसपिलाई उपहार दिन विद्यार्थी नेताहरुले गरे चन्दा संकलन

nebisang chanda sankalan_kalikatimes

वीरगंज । नेपाल विद्यार्थी (नेवि) संघ र समाजवादी विद्यार्थी संघले नेशनल मेडिकल कलेजका संचालकलाई प्रशासनले कारवाही नगरेकाे विराेधमा आज चन्दा संकलन गरेका छन् । कलेजका आन्दाेलनरत विद्यार्थी माथी कुटपिट गर्नेहरुलाई पैसा खाएर पर्सा प्रशासनले कारवाही नगरेका कारण पर्साका सिडियाे र एस.पिलाई उपहार दिन विराेध सवरुप चन्दा संकलन गरिएकाे नेवि संघ पर्साका नेता राेशन सिंहले वताए ।

उनले भने नेशनल मेडिकल कलेजका विद्यार्थीहरु माथी बारम्बार कुटपिटकाे घटना हुदा पनि पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र पर्साका प्रहरी उपरिक्षक साेमेन्द्र सिंह राठाैरले किन कारवाही नगरे हाेलान्, कहि त कलेज संचालक बसरुदिन अन्सारीबाट पैसा खाएर माैन बसेका हाेईनन्, त्यही भएर हामी उहाँहरुलाई पैसा नै चाहिन्छ भने हामी चन्दा उठाएर पैस दिन्छाै तर कलेजका संचालकलाई कारवाही गर्नु पर्याे ।

यसका साथै हामीले उहाँहरुलाई उपहार पनि दिन्छाै‌ं तर दाेषी उम्कनु भएन । चन्दा संकलित रुपयाबाट उपहार किनेर सिडियाे र एसपी साहेबलाई पठाइने उनले वताए ।

नेवि संघ र समाजवादी विद्यार्थीले संयुक्त्त रुपमा आजै वीरगंजकाे घण्टाघरमा चन्दा संकलन गर्नुकाे साथै कलेज प्रशासन र पर्साका प्रशासन विरुद्ध चक्राे नारा लगाउदै प्रदर्शन समेत गरेका छन् । विद्यार्थीमाथी भइरहेकाे ज्यादती राेकन र कलेजका संचालक बसरुदिन अन्सारीलाई पक्राउ गरी कारवाही गर्न माग राख्दै चन्दा संकलकाे साथै प्रदर्शन समेत गरिएकाे समाजवादी विद्यार्थी संघका नेता सुजित गिरीले वताए ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.936 sec. Memory consumption:81.41 mb