30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

समाजबादी बिधार्थीले एमडि बसरुदिन अन्सारीको तस्बिर जलायो

samajbadi student_kalikatimes

बिरगंज । नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालकका सञ्चालक बसरुदिन अन्सारी बिरुद्ध समाजबादी पार्टी निकट समाजबादी बिधार्थी युनियनले आज घण्टाघरमा बिरोध प्रदर्शन गरेको छ ।

कलेजका बिधार्थीहरुकाे शान्तिपूर्ण आन्दोलन पश्चात होस्टेलमा जान खोज्दा भएको कुटपिटको बिरोधमा कलेजका सञ्चालक अन्सारी बिरुद्ध युनियनले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा उनीहरुले नेशनल मेडिकल कलेज अस्पतालकका सञ्चालक बस्रुदिन अन्सारीको तस्बिर समेत जलाएका छन् ।

युनियनका केन्द्रिय सचिव सुजित गिरीको नेतृत्वमा गएका बिधार्थी नेताहरुले मेडिकल बिधार्थीहरुलाई भएको कुटपिटको बिरोधमा कलेजका सञ्चालक अन्सारी बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन । बिरोध प्रदर्शनमा ठाकुरराम बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष हरेन्द्र साह, सचिव बिकाश मेहता लगायतका बिधार्थी नेताहरुको सहभागिता रहेको थियो ।

हिजो साँझ सरकारले तोकेको भन्दा लिएको बढी शुल्क नेशनल मेडिकल कलेजले फिर्ता गर्नुपर्ने माँग गर्दै कलेज गेट अगाडि धर्नामा बसेका मेडिकल बिधार्थीहरु होस्टेलमा जान खोज्दा उनीहरु माथि कुटपिट भएको थियो । कुटपिटमा कलेजका सञ्चालक अन्सारीले बाहिरबाट मान्छे बोलाएर बिधार्थीहरुलाई कुटपिट गर्न लगाएको आरोप लगाउदै नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए ।

यसैबिच युनियनले आज शनिबार बिदा भएको भन्दै भोलि जिल्ला प्रशासन कार्यालयमा मेडिकल शिक्षाको बिषयमा यस अघि दिईएको ज्ञापन पत्रको बारेमा जानकारी लिने तथा त्यसपछि अगामी दिनको आन्दोलनका कार्यक्रमहरु तय गरिने ससमाजबादी बिधार्थी युनियनका केन्द्रिय सदस्य निखिल बर्णवालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.610 sec. Memory consumption:81.41 mb