30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगन्ज सांस्कृतिक परिषद संचालनको जिम्मा रौनियारलाई

वीरगन्ज । वीरगन्ज सांस्कृतिक परिषदको जिम्मा राजन रौनियारलाई दिईएको छ । शुक्रवार वीरगन्जको रेसमकोठि स्थित आफनै निवासमा सांस्कृतिक परिषदका अध्यक्ष धुव सिंह ठकुरीले आफनो स्वस्थ अवस्था ठिक नरहेकोले आज दखि आर्थीक कारोबार बाहेक संस्थाको सम्पुर्ण जिम्मेवारी रौनियारलाई दिएको बताए ।

सांस्कृतीक परिषद यश भेगको सांस्कृतिक क्षेत्रमा जुडेका कालाकारहरुको छाता संगठन हो । बिगत केहि बर्ष देखी यो संगठन निष्क्रिय रहेको थियो तर अब यस परिषदले आउने दिनमा स्थानिय कलाकारहरुको लागी तालिम लगायत बिभिन्न योजना ल्याउने रौनियारले बताए ।

सांस्कृतिक परिषदको कार्यालय बिरगन्ज नगर सभाहल गृह (टाउन हल ) मा रहेको बेला स्थानिय युवाहरुलाई आफनो सांस्कृति संग जोडने बिभिन्न कार्यक्रमहरु गराउदै आएको थियो । तर नगर सभामा गृह (टाउन हल ) निजिकरण भए लगतै संस्था बिस्तापित भएको थियो ।

स्थानिय सांस्कृति लाई जोगाउन महा—नगरपालिका, स्थानिय, जन प्रतिनिधिहरु उधोगी ब्यपारी, कालाकार र समाजिक अभियन्ताहरुले आफनो भुमिका खेल्न आवश्यक रहेको अध्यक्ष ठकुरीले बताए । अध्यक्ष ठकुरीको घरमा भएको बैठकमा परिषदको सचिव बिक्रम कुमार नगरकोटि र सदस्य खैरुदिन हवारीको बिषेश उपस्तिथि रहेको थियो ।

परिषदका जिम्मेवारी सम्भालेका रौनियारले वीरगन्जमा राष्ट्रीय अन्तराष्ट्रीय कलाकार मार्फत बिभिन्न कार्यकमहरु समपन्न गरी सकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:2.733 sec. Memory consumption:81.41 mb