30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेशनल मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलित

वीरगंज । नेशनल मेडिकल कलेज, वीरगंजमा अध्ययनरत १८औं ब्याचका विद्यार्थीहरूले बिहीवारदेखि पुनः आन्दोलन शुरू गरेका छन् ।

कलेजअगाडि विद्यार्थीहरूले ‘अतिरिक्त शुल्क फिर्ता गर’, ‘मेडिकल माफिया मुर्दाबाद’, ‘विद्यार्थीलाई मानसिक तनाव दिन पाइँदैन’, ‘कलेज प्रशासनको विद्यार्थीसँगको सम्बन्ध सुमधुर हुनुपर्छ’ नारासहित प्लेकार्ड बोकी धर्नामा बसेका थिए ।

साँझ ५ बजे धर्ना सकिएपछि कलेजको व्यवस्थापन पक्षले कलेजको ढोका बन्द गरेको थियो । आन्दोलनरत विद्यार्थीहरू रातिसम्म कलेजबाहिर बसिरहेका जानकारी प्राप्त भएको छ ।

  नेपालभरिका मेडिकल कलेजका विद्यार्थीहरूले आन्दोलन गर्दा सरकारले १५ दिनको अन्तिम म्याद तोकी रकम फिर्ता गर्न निर्देशन दिएकोमा सो म्याद सकिन चार दिन बाँकी छँदा विद्यार्थीहरूले दबाबस्वरूप आजदेखि धर्ना दिन शुरू गरेको बताएका थिए । सरकार र कलेज व्यवस्थापनबीच बढी रकम फिर्ता दिने सहमति भएको तर रकम फिर्ता नगरेका नेशनल मेडिकल कलेजलगायत अन्य कलेजहरूमा आन्दोलन जारी छ ।

यसअघि विद्यार्थीहरूले गत कात्तिक ८ गतेदेखि एक सातासम्म आन्दोलन चर्काएका थिए । सोक्रममा कलेजको व्यवस्थापन पक्षले विद्यार्थीहरूमाथि मानसिक यातनासहित भौतिक कारबाई गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.587 sec. Memory consumption:81.41 mb