26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ईभेन्ट म्यानेजमेनट ट्रेनिङ्ग सम्पन्न

training_kalikatimes

वीरगंज । रोट्राक्यट क्लब अफ पिपल्स् क्याम्पसको आयोजना एक दिने ईभेन्ट म्यानेजमेनट ट्रेनिङ्ग सम्पन्न भएको छ । काठमाण्डौस्थित प्रेसिडेन्सीयल बिजनेस स्कुलको सभाहलमा सम्पन्न भएको ट्रेनिङ्गमा विभिन्न उमेर समुहका ४० जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा रेलईभेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत बलिराम यादव र प्रमुख बजार व्यवस्थापक अभिषेक गौतमले प्रशिक्षण दिएका थिए । समयसँगै स्थापना बजारमा थुप्रै ईभेन्ट म्यानेजमेन्ट कम्पनी स्थापना भएपनि गुणस्तरीय म्यानेजमेन्टका सिप सिकाउने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

क्लबकी प्रोफेसनल सर्भिस डाईरेक्टर प्रयुशा थिङ्गको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा क्लबका अध्यक्ष सदिक्षा कँडेल, सचिव जुना पुन, सर्भिस डाईरेक्टर अस्मिता भट्ट, सामुदायिक सेवा निर्देशक प्रमिला, सदस्यहरु पवन, परिना, अनुश्री लगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:220. Generation time:3.613 sec. Memory consumption:81.76 mb